Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले–काँग्रेसको समृद्धिको ओइरो

काठमाडौं । तत्कालिन समयमा एमाले माओवादी सरकारका अर्थमन्त्री वर्षमान पुनलाई धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई जसरी पनि नियुक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाव दिँदा माफिया दिपक भट्टको कनेक्सन थियो । भट्टले प्रदीप अधिकारीलाई जोगाउन ओलीलाई राम्रै दाम चढाएका हुन् । जसले प्रचण्ड पुत्री गंगा दाहामार्फत् काम लिन्थे । यिनले पनि प्रदीप अधिकारीसँग राम्रै खाए । एमाले अध्यक्ष केपी ओलीलाई ०७९ को चुनावमा करोडौं बुझाएको भट्ट बताउँथे । माफिया कर्मकाण्ड बुझेका रुपन्देहीका काँग्रेसी नेता एवं रातायात व्यवसायी चोपनारायण श्रैष्ठका पुत्र सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डमा नियुक्ति गर्न एमालेका मारवाडी विष्णु पौडेलको दबाव नहुने प्रश्नै थिएन । किनकि यहाँ ओली भन्दा विष्णु पौडेलको खेती चर्को थियो ।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार त्यो बेला एकजना दलाल उनको कार्यालयमा पुगेर भने– धितोपत्र बोर्डको अध्यक्ष बन्न एक जनाले २५ करोड दिन्छ, अर्कोको ९ करोड दिन्छ । नौ दिने सन्तोष नै थिए । जसलाई नियुक्त गरे पनि कमिशन आउँछ काम हुनुप¥यो । डा. अधिकारीले चलखेल थाहा पाए । फेरि त्यही मान्छे सरकारी संस्थामा सामान सप्लाई गर्दा ३५ देखि ४५ प्रतिशतसम्म कमिशन लिने कुरा अधिकारीलाई बताउन पुग्यो । उनले भनेर आफ्नो काम भएको खण्डमा अधिकारीको कार्यालय सजावट गरी दिने आश्वासन त्यो दलालले दिए पनि काम गर्न अधिकारी इच्छुक भएनन् । यो स्थितिको श्री गणेश गर्ने काँग्रेस र एमाले हुन् । धितोपत्र बोर्डमा रु ९ करोड बुझाएर नियुक्ति भएका सन्तोषनारायण श्रेष्ठ विष्णु पौडेल अर्थमन्त्री भएको एक सातामा नियुक्ति गरिएका हुन् । देशको ठेक्कापट्टा र सामान सप्लाई तथा गाडी खरिदमा हुने खर्च छुट्याउने कमिशन नियन्त्रण हुने हो भने विकासको लहर आउन समय लाग्दैन, अर्थविद् अधिकारी भन्छन् ।
दलका ठूला नेताको संरक्षणमा प्रधानमन्त्रीको सयन कक्ष पुग्ने दिपक भट्ट, दिपक मलहोत्राहरू आज चर्चामा छन् । रास्वपाको नेतृत्वसम्म यिनीहरू सहजै पुग्छन् । रास्वपामा युवाहरको जमघट देख्दा दलाल र एजेन्टहरूले गर्ने व्यवहार र स्वार्थमा लिने चासो आर्थिक क्षेत्रका विज्ञहरूले बुझेका छन् । कमिशन र घुसले अख्तियार प्रमुखमाथि आक्रमण गर्न सार्प सुटर प्रयोग गरेको नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशन प्रदीप अधिकारीलाई जोगाउने पनि एमालेका अध्यक्ष नै थिए । ओलीले चलाएको त्यो राज्य लुटले उनको शासकीय स्वरुपमा कमिशन र भ्रष्टाचारको चालो यतिसम्म च्यातिएको छ जति बेला जेनजी आन्दोलनले फागुन २१ को चुनावमा एमाले र काँग्रेसलाई मरिच बनाएको छ । एमालेका बादशाह केपी ओली मात्र होइनन् उनको टिमका सबै पदाधिकारीको सर्वनाम हार भएको छ । भ्रष्टाचार शिरोमणिहरू एमाले र काँग्रेसका कित्ताबाट आउट भएका छन् । दम्ब र अहंकारका खानी केपी ओली आफू पनि सकिए पार्टी पनि सकाएको बेला नेतृत्व परिवर्तनको चर्चामा एमाले जेलिँदैछन् ।