Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले पुरानै अवस्थामा फर्कियो, माधव नेपाल कता ?

काठमाडौं । आफूले गरेका सबै कानुनसम्वत अरुले गरेका सबै अवैधानिक ठान्ने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को असंवैधानिक कदमले आफंै च्यापिँदै गएपछि साइजमा आउने प्रयासमा छन् । एमालेको १०औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीमा एकपछि अर्को संकटको सामना गर्दै गरेका बेला अध्यक्ष ओलीको बलमिच्याईलाई सर्वोच्चले समेत झड्का दिएपछि आफ्नो साइज खोज्दै प्रम तथा अध्यक्ष ओली पछि हट्न बाध्य बनेका थिए । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ । तर पार्टीको यो निर्णयलाई विद्रोही माधव नेपाल पक्षले भने प्रस्ताव सकारात्मक भन्दै पार्टी स्थायी समिति बैठकबाट निर्णय गर्ने बताएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल