Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सचिवालय बैठक आज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन अपानी जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो । सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने बताइएको छ ।