Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सुदूरपश्चिमका सचिवालय सदस्य भट्टले गरे पार्टी परित्यागको घोषणा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भट्टले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले पार्टीको आन्तरिक गुटबन्दी, अवसरवाद र नेतृत्वको चरम असफलताप्रति असन्तुष्टि जनाउँदै आफू स्वतन्त्र नागरिकको रूपमा समाजसेवामा समर्पित हुने बताएका छन् । भट्ट एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका नेकपा एमाले केन्द्रीय सचिव लेखराज भट्टका सहोदर भाइ हुन् । आजका दिनदेखि म स्वतन्त्र नागरिकको हैसियतले समाज र नागरिकको सेवामा समर्पित हुने निर्णय गरेको छु । पार्टीभित्र इमानदार कार्यकर्ताको मूल्यांकन नभई गुटबन्दी, धनवाद र अवसरवाद हावी भएको अवस्थाले पार्टीको अस्तित्व नै कमजोर बनाएको छ, उनले भनेका छन् । उनले पार्टीमा इमानदार र त्यागी कार्यकर्ताको सम्मान नभएको, नेतृत्व चरम अवसरवादमा फसेको र भ्रष्टाचार, कुशासन तथा सत्ता–भागबन्डाको राजनीति हावी भएको आरोप लगाएका छन् । भट्ट एमालेको गोदावरी नगर कमिटी अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् भने अहिले उनी प्रदेश कमिटीका सचिवालय सदस्यको जिम्मेवारीमा थिए । उनले राजनीतिक दलमा रहेर जनताको आवाज उठाउन सक्ने सम्भव नभएकाले पद र पार्टी सदस्यता परित्याग गरेको उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल