Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एलआईसी नेपालले नाफा बढायो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले चालु आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार चैत महिनासम्ममा १२ अर्ब ८७ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
बीमा शुल्क गत आवको समीक्षा अवधि भन्दा खुद नाफा १२९४.९२ प्रतिशतले बढेर आठ करोड ३७ लाख रुपियाँ पुगेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ अर्ब ७६ करोड रुपियाँ आर्जन गरेको छ । साथै, उक्त अवधिसम्म ६ अर्ब ५३ करोड रुपियाँ दाबी भुक्तानी गर्न सफल भएको छ ।
कम्पनीको व्यवस्थापन खर्च ४३ करोड ९३ लाख रुपियाँ रहेको छ भने जीवन बीमा कोषको आकार पनि १५.७६ प्रतिशतले बढेर एक खर्ब ४ अर्ब रुपियाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल बीमालेख ६ लाख ८३ हजार ८ सय ३४ रहेको छ भने प्रतिशेयर आम्दानी ३.१६ रुपियाँ छ ।