Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।

‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ, शर्माले रातोपाटीसँग भने ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल