Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसपी बस्नेतलाई १५ दिन कैद र ५ हजार जरिवाना

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका एक एसपीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद र ५ हजार जरिवाना सुनाएको छ। एउटा अंशसम्बन्धी मुद्दामा एसपी रमेश बस्नेतलाई सर्वोच्च अदालतले सो आदेश दिएको हो। अदालतको यो आदेशपछि एसपी बस्नेतको वृत्ति विकासमा ठूलो असर गरेको छ। अंश सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले गरेको आदेश कार्यान्वयन नगरेको भन्दै जगतमाया श्रेष्ठ र उनका छोरा इन्द्रबहादुर श्रेष्ठले काठमाडौं प्रहरी परिसर र मुद्दा शाखामा कार्यरत तत्कालीन डीएसपी बस्नेतविरुद्ध २०७२ सालमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए। त्यसको अन्तिम फैसलाको रुपमा उनलाई कैद सजाय र जरिवना तोकेको छ। सो मुद्दामा इश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले हालै अन्तिम सुनुवाई गरेको थियो। तर क्षमायाचनासहित निवेदन दिएको अवस्थामा उनलाई भएको सजाय मिनाहा हुन सक्ने पनि फैसलाको पूर्ण पाठमा उल्लेख छ।