Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का प्रभावशाली नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ रु वा जेल हाल्न चाहनुहुन्छ रु यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’
नेता पोखरेलले काँग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले भने,‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । सङ्क्रमणकालीन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारण पनि छ, अर्को बाह्य शक्तिको पनि हात छ । र, न्यायालयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।
उनले सत्ता पक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेर घोषणा गरे पनि त्यो उनीहरूको पराजित मानसिकता भएको टिप्पणी गरे । उनले आफूहरू केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको सुनाए । उनले केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौँ भनेर सोचेकाहरूले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको आरोप लगाए ।
आफूहरू निर्वाचनको पक्षमा रहेकोले जहिल्यै पनि निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाई छ ।
२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल