Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मौका पाउँदा पशुपतिनाथदेखि देशमा महामारी चल्दा करोडौ हजम गर्न नछाडने नेकपा एमालेले माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीको पाइला पाइला खेदो खन्न सकृय छ । भारतीय शासक पक्षको चाकडी गरेर देशको स्वाभिमान बेच्न कुनै वेला महाकाली सुम्पने टनकपूर सन्धीवाट नेपाललाई १२ खर्व १२ अर्व हरेक वर्ष नेपालले पाउछ भन्दा एमालेको देशभक्ति नै ठानियो । मुलुक परिवर्तनका लागि १० वर्ष जनयुद्ध लडेको पार्टीका नेताहरूको बोलि कहाँ कसरी फुत्काउँछन् ठेगान भएन् । सरकारले भ्रष्टाचारका फाइल खोल्दा प्रतेक नेता फस्ने भएपछि एमाले सरकारको राम्राकाम पचाउन सक्ने अवस्थामा छैन । मिटर व्याजी विधेयक पारीत गर्ने दिन एमालेले सदन चल्न दिएन । किनकी एमाले वाईडवडी भुत्तानी, पशुपति जलहारी, धर्मशाला, कोरोना कालको ओम्नी, बतास, हुकाम काण्ड, सेकुरिटी प्रेस खरिद, अप्टीकल फाइवर ठेक्का, टेलिकमको फोरजी र फाईभजी सेवा विस्तार र ठेक्का, हिमालयन एयरको व्यापार बढाएर नेपाल वायुसेवाको व्यापार खेसीएको विषय, झापाको गिरी वन्धू टि स्टेटको जग्गा फुकुवा काण्ड फष्ट ट्रयाक ठेक्का र परामर्श दाता नियुक्तिको किचकिच जस्ता अनगिन्ती गल्तीमा त्यो डूवेको छ । मिटर व्याज र लुट नेकपाको ४१ महिने शासनमा पनि थियो तर चासो दिइएको थिएन ।
एमाले देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर समेत हजम गर्न देशभक्त प्रगतिशील पार्टी हो । आँफूले गरेका सबै ठिक माओवादीले भ्रष्टाचार कारवाही गर्न हात हाल्दा सबै वेठिक देखेको एमाले ललिता निवासमा उपाध्यक्ष विष्णु पौडेल जोडिँदा शोभाकान्त र मिनबहादुर गुरुङ पनि जोगाउन खोजेको हो ? सरकार प्रमुखको नाताले प्रधानमन्त्रीले कहाँ के बोल्ने भन्ने कुरामा ख्याल गर्नै पथ्यो । तर प्रधानमन्त्री उद्घाटन विमोचन रिवन काट्ने काममा नजाने भन्दै गर्दा त्यस्तै ठाँउ खोज्दै किन कुदने गरेका हुन ? पार्टीमा कतै ऊर्जा छैन गतिशील छैन जहाँ गयो त्यहाँ लाइन छन प्रशासनिक क्षेत्रमा देखा परेको अराजकता हटेकै छैन । घुस विना कतै पनि काम हुदैन । तर प्रधानमन्त्रीको बोलीलाई राष्ट्रवादसँग जोडिन्छ । बोल्नेले पनि किन बोलेका । माओवादी संसदीय मोर्चामा प्रवेश गरेको १७ वर्ष भयो । तर तीनको बोली माक्र्स माओ र लेनिन कालकै छ । २१ औं शताव्दीको समाजवाद यस्तै हुँडलवाद हो ? आफ्नो स्वार्थ परिवार र गुटको स्वार्थ बाहेक कुनै पनि दल र नेताको अर्को योजना छैन् । गरिवका छोरा छोरीले पाउने छात्रवृत्ति नेता कै छोरा छोरीलाई दिईन्छ । शहिदका छोराछोरीको शिक्षा प्राप्त गर्ने कोटा नेताकै छोराले हजम गर्छन् । पाएको छात्रवृत्तिवाट अध्ययन गरेर ती कुशल सक्षम हुँदैनन् । पाकिस्तानमा डाक्टरी पढन पठाइएकी एक नेताकी छोरी फर्केर कमर्श पढेको उदाहरण छ यहाँ । माओवादीको आडमा देव गुरुङ र नेत्र विक्रम चन्दका छोराले डाक्टरी पढे उनीहरू सक्षम भए । धेरैका छोराछोरी शिक्षामा अव्वल होलान तर व्यवहारमा बाबुको वचश्र्वकै प्रयोगले डन भएका छन् । विचार सिद्धान्तमा मात्र घोत्लिएर व्यवहारिक पक्ष अराजक हुन्छन भने देशको
कसरी सम्वृद्धि हुन्छ ?
जनताले काँग्रेससँग आश गर्दैन । त्यहाँ भाउजु आतंक छ । माओवादी र एमालेमा महारानी बनेका नेता पत्नी छैनन् । पुत्र पुत्रीहरू कतिका छन, थिए । तीनको राजनीति खेती कमाईमै केन्द्रीत छ । माओवादीमा गुट चर्को छ । सरकारमा पार्टी जाँदा क्षमता योग्यताको कदर पनि त्यहाँ हुन्न् । किनकी जनयूद्ध संझौतावाट रोकियो । गणतन्त्र आयो समावेशीता उम्ल्यो । उनीहरू वम बोकेको पडकाएको कुरामा डूवेका छन् । जात जातिका बीचमा लडाँई चर्कियो । क्षेत्री व्राम्हणको भाउ कतै छैन् । पार्टी नै दलित जनजातिको भएपछि व्राम्हण, क्षेत्री, दशनामी, ठकुरी जस्ता वर्ग र जातबाट माओवादीले अपेक्षा किन गर्ने ? राजकिय सत्तामा पुग्न राजावादी हिन्दूवादी राप्रपा पनि चाहियो । रास्वपा पनि आवश्यक पर्यो । सत्ता पाएपछि तीनलाई लोप्पा दिएर माओवादीले आँटेका कार्य योजना पूरा हुँदैनन् । अहिले भ्रष्टाचार विरुद्धको अभियानमा काँग्रेसको साथै छैन एमालेको त हुदै हुदैन् । रवि लामिछाने र राजेन्द्र लिङदेनहरू ओलीका अशली कार्यकर्ता भएकै छन् । देश परिवर्तनको यो अवधिमा काँग्रेस र एमालेका चप्पल कान्छाले गरेका कमाई वचाउन सरकारको भ्रष्टाचार विरोधी अभियान रोक्न अनेक फण्डा ल्याइन्छ । मिटर व्याजी ठगी सहकारीको ठगी जस्तामा एमाले र नेकाकै नेता कार्यकर्ता जनप्रतिनिधिसम्म जोडिएको कुरा त वाग्लुङ ढोरपाटन नपाका प्रमुख वेद कुमार नेपाली नै हुन जो नेकपा एमालेका हुन उनले २ अर्व ध्वस्त वनाएका छन् । तीनलाई पनि जोगाउनै छ ।
गल्ती स्वीकारेर संसद खुलाइयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमा कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि नेकपा एमालेले सदन चल्न दिने भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार गर्दै सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुख व्यक्त गर्ने सहमति भएकाले सदनमा अवरोध नगर्ने ओलीले दलको बैठकमा ब्रिफिङ गरेका छन् । तीन नेताबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आफ्नो वक्तव्य असावधानी पूर्व आएको त्यो कमजोरी भयो भनेर आत्मालोचना गर्ने र सचिवालयले निकालेको वक्ततव्यप्रति पनि दुःख व्यक्त गर्ने र एमालेले सदनको अवरोध हटाउने गरी छलफल भएको अध्यक्षले ब्रिफिङ गर्नुभयो, एमाले सचिव योगश भट्टराईले भने ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल