Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनसरोकारमा चासो छैन तर कम्युनिष्टका दुई घटक नेकपा र एमालेमा मन्त्री पदकै भागवण्डाले एक आपसमा विश्वास टुट्दैछ । मुख्यमन्त्री भाग लगाएर प्रदेश सरकारबाट काँग्रेस हट्न बाध्य भइरहँदा एमाले र नेकपाको नेतृत्वमा मन्त्रालय रोजी छाडी गरेर बदनामी बटुल्दैछन् । एमालेमा केपी ओली को राज छ । एउटा कम्युनिष्ट पार्टीमा विचारको लडाइँ हुन्छ, सिद्धान्त र कार्यक्रमको बहस हुनुपर्छ । तर आधुनिकताले भरिपूर्ण त्यो षर्टीमा राजा पाल्दा केपी ओलीलाई मन परेको मान्छे नै मुख्यमन्त्री बन्नै पर्ने अवस्था छ । कर्णाली र सुदूरपश्चिममा नेतृत्व पाएको नेकपालाई एमालेले एक पछि अर्को गर्दै पेलेर अत्याइसकेको छ । कर्णाली र सुदूरपश्चिममा काँग्रेसका मन्त्रीहरूले पद त्यागेर नेकपाले मुख्यमन्त्री पाएको छ । तर एमालेमा ओली राजका कारण दुई पार्टीबीचको सहकार्य सन्तोषजनक छैन । सरकार हाम्रो प्राथमिकता होइन भन्दै गर्दा माओवादी समूहले माधव नेपालको टिमलाई हरेक ठाउँमा बाइपास गरेको छ । प्रचण्ड जस्तो सत्ता स्वार्थमा लुब्दलाई केपी ओली जस्ता धुर्तसँग थाङ्नामै सुत्ने रहर किन लाग्यो । जबकि केपी ओली एमालेभित्रै अपाच्य मात्र छैनन् गुटको पक्ष लिएर विचारको आवाज दबाउने तानाशाही बन्दैछन् । एमालेको यही अवस्थामा कार्यकर्ता सन्तुष्ट छैनन् । ओलीको हलि गोठाला बनेकाले सांसदको टिकट पाए चुनाव जितेका प्रमुख सचेतक, सचेतक, संसदीय दलको नेताले मात्र भोलिका लागि ठाउँ पक्का गरेका छन् तर कार्यकर्ताप्रति कुनै चासोछैन ।
हैकमवाद पच्दैन
एमालेका युवाहरूलाई पनि ओलीको हैकमवाद मन परेको छैन । सचिवालयमै अल्पमतमा पर्दा पनि ओली अनेक उपाय रच्दै पार्टी अध्यक्ष यस पटक मात्र होइन विशेष महाधिवेशन गरेर पनि आफैं हुने दाउमा छन् । केन्द्रीय समितिको बैठक नराख्ने अध्यक्षले चुनावी समिक्षा गर्ने आँट गरेनन् । एमालेको हालत यस्तो हुनुमा अध्यक्ष हुन् । प्रदेशको रिपोर्टले अध्यक्षलाई नै डामेको छ । यही स्थितिमा यिनै अनुहार ओली र प्रचण्डलाई अगाडि सारेर कसरी चुनावमा जाने होला ? किनिक प्रदेश र स्थानीय तहको चुनाव आउँदैछ । कम्युनिष्ट पार्टीमा तनाशाही जाग्दैछन् ।
अझै ओली डन बन्दै
हिजो ओली र प्रचण्ड मिलेर आफ्नै स्वार्थमा पार्टी एकता गरेर ओलीले आफैंले गरेको सम्झौता तोडेर बरु संसद भंग गरे कुर्सी त्याग गरेनन् । अदालतले नै उनको प्रम पद खोसेको हो । काँग्रेसले बरु नैतिक दायित्व बहन गर्छ, एमालेका ओलीलाई त्यसमा चासो छैन । हिजोका दाशहरू विष्णु पौडेल, शंकर पोखरेल हाकाहाकी उभिए । बोलीमा छुद्रता छैन भित्रभित्र विकल्प पक्षधरसँग मिलेकाहरू पनि आज बेपत्ता छन् । एमालेले कोशी प्रदेशमा आफ्नै पार्टीका सचिव हिक्मत कार्कीमाथि प्रदेश कमाण्डका नाउमा शेरधन राईले पेलेकै छन् । पार्टीमा देखिएको यो दरिद्रताले बागमती प्रदेशका जगन्नाथ थपलियाले अध्यक्ष ओली जस्तो कपटीको खप्की सहन प¥यो । प्रदेश तहमा सदस्यता आधा घटेका छन् । नयाँ प्रवेश छैन । पुरानाले नविकरण नगर्नुको कारण नै एमालेमा दास र हनुमानहरूको बिगबिगी हुनु हो । नेकपाभित्रको रणसंग्राम उस्तै छ । सत्ता र स्वार्थलाई केन्द्रीत गरेर संयोजक एमालेसँग मिल्न जाँदा वर्षौ ओलीको चरित्र र स्वभाव बुझेका माधव नेपाललाई चित्त बुझ्दो भएन । अहिलेको अवस्थामा केपी ओली जस्ता हुँडार प्रवृत्तिलाई बोक्नु नै अब कम्युनिष्टको सत्ता आउने अवस्था छैन । किनकि कम्युनिष्ट पार्टी वर्गीयता त्यागेर एनजीओ÷आइएनजीओ प्रेमी बन्दा जन जीविकाको सवाल हराएको छ ।
कुटी बनाउन मुख्यमन्त्री पद बिक्रीमा
प्रचण्ड र ओलीलाई नै चाहिएको छ सत्ता । केन्द्रमा प्रदेश मुख्यमन्त्री भाग लगाएपछि प्रदेशमा किन केन्द्रकै दादागिरी देखाउनु पथ्र्यो । ओली र प्रचण्ड जस्ता जनता बुझेका जनतासँग जोडिएका नेता प्रदेशमा पनि छन् । मुख्यमन्त्री र मन्त्री तिनैले छान्न सक्छन् । राजनीतिमा जीवन बिताएको छ । फाइदा लोकतन्त्र आएपछि एमाले बनेका किरण थापा जस्ता पञ्च र डा. ल्हारक्याल लामा जस्ताले लिन्छन् । बागमतीमा जगन्नाथ थपलियालाई नदिएर राप्रपाबाट एमाले बनेका भक्तपुरका सांसद किरण थापालाई मुख्यमन्त्री बनाउने चाल यहाँ देखियो । थापा आज स्वास्थ्यमन्त्री नै छन् । आफैं विवादित महेश बस्नेत यहाँ हावी भए । ओलीको गुण्डु दरबार निर्माणका नायकलाई जगन्नाथ थपलियाको योगदान भन्दा भक्तपुरका पुराना पञ्चको एमाले पार्टीमा लगानी ठूलो भयो । उनी मुख्यमन्त्री भए गुण्डु कुटी बन्छ, ओलि पालिन्छन् । राप्रपाका छ सांसदलाई फकाउन जेएन थपलिया माथि ओलीको हैकम लादियो । किरण थापा पूर्व पञ्चको नेता छाडेर महेश बस्नेतका लगानीकर्ता बनेका एमाले हुन् । उनी ठेकेदार नै हुन् ।
मान्छे जिउँदै, मृत्यु दर्ता गरी जग्गा कब्जा
उता एमालेको कार्यकर्ताको नाउमा ध्वजमान मोक्तानले सर्लाहीमा टीकाप्रसाद कडरियाको मृत्यु दर्ता गराई उनकै भाञ्जा कालिका उप्रेतीको श्रीमतीको नाममा जग्गा नामसारी गराएको भूमि कब्जा सम्बन्धी विवाद पनि दुर्गा प्रसाईको नागरिक बचाउ अभियानसँग पुगेको छ । जनक राउत नामको गुण्डाले आफ्नो जग्गामा टिकाप्रसाद जाँदा माफियाको पक्ष लिएर गोली हान्ने धम्की दिएको विषयले पनि एमालेको बदनाम भएको छ ।
केपी ओलीको नेतृत्वमा पार्टी पुग्दाको प्रतिफल ०७९ को संसदीय निर्वाचन र ०८२ को निर्वाचनको प्रतिफल एमालेले राम्रैसँग व्यहोरेको छ । अबको स्थितिमा पनि केपी ओलीको दादागिरी नै रहेको खण्डमा एमाले–नेकपाको सत्ता गठबन्धन र चुनावी मोर्चा अर्थहिन हुनेछ ।
२०८३ श्रावण २६
ताजा नेपाल
२०८३ श्रावण २६
ताजा नेपाल
२०८३ श्रावण २६
ताजा नेपाल