Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको अहंकारले राष्ट्रपति दिक्क

काठमाडौं । राजनीतिक नेतृत्वले मुलुकको परिवर्तित राजनीतिक अवस्थालाई आत्मसाथ गरेको देखिँदैन । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए । छलफलमा सहभागी अर्का अगुवाले पनि एमालेको पछिल्लो निर्णयप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताए । राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल