Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको कारबाहीमा यी नडराउने

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठक बसेको थियो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल–नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको छ । बैठकले सांगठनिक समीक्षा गरेको नेता भीम रावलले जानकारी दिएका छन् । उनका अनुसार कोरोना माहामारीका कारण संगठनको काम केही खुकुलो पार्ने तर नरोक्ने निर्णय बैठकले गरेको छ । स्वास्थ्य प्रोटोकल ख्याल गर्दै संगठन विस्तारको काममा केही कमी आउन सक्छ तर रोक्ने कुरा हुँदैन, बैठकपछि रावलले कोरोना महामारी नियन्त्रण गर्न खटिन मातहतका कमिटीलाई निर्देशन समेत दिने निर्णय भएको बताए । त्यस्तै सो समुहको बैठकले आफ्ना पक्षका २७ जना सांसदमाथि कारवाही गर्ने भनेर ओली पक्षले चलाएको हल्लाबाट विचलित नभएको बैठकले निश्कर्ष निकालेको छ । ‘कारवाहीको हल्लाबाट हामी विचलित भएका छैनौँ बरु सशक्त हुँदै जानेछौँ, नेता रावलले भने, हामी नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन अनुसार अघि बढि रहेका छौ र त्यो कारवाहीको कुनै औचित्य छैन । उनले आफ्नो समुहको प्रयास एमालेलाई एकीकृत गर्ने भएको भन्दै ओलीले अवैधानिक निर्णय गर्दै गए आफ्ना गतिविधि थप बढ्दै जाने समेत बताएका छन् । केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्षमा अलमलमा छ ।खनाल–नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य र गोकर्ण विष्ट भने सहभागी थिएनन् ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल