Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा ढकाल लगायतका नेताहरूलाई काठमाडौँमा बोलाएर बालेनले गम्भीर छलफल गरेका हुन् । उनले झापा(५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था र मतदाताको मनोभावबारे आइतबार ३ घण्टा संवाद गरे । बालेनसँगको भेटमा झापा ३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा ५ का विभागीय सदस्य विरोध सुवेदी र जिल्ला अनुशासन आयोगका संयोजक अर्जुन उप्रेतीसहितका नेताहरू उपस्थिति थिए । झापा ५ मा चार स्थानीय तह पर्छन् । जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका छन् । बालेनले अहिले झापा ५ को विषयमा सर्वेक्षण गर्न नेता तथा आफ्ना सचिवालयका सदस्य खटाएका छन्। तर यही क्षेत्रबाट निर्वाचन लड्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई जानकारी छैन। यसकारण बालेनले झापा ५ नै रोज्छन् या काठमाडौँ क्षेत्र नम्बर २ अझै निर्णयमा पुगेका छैनन् । बालेनको सचिवालयका अर्का सदस्यका अनुसार झापा ५ बाट निर्वाचन लडेमा निर्वाचन जित्ने रिपोर्टिङ झापाका रास्वपा नेताहरूले दिएका छन्। झापास्थित रास्वपा नेताहरूका अनुसार बालेनले निरन्तर त्यहाँको स्थितिमा नजर लगाइरहेका छन् । मतदाताहरूको भावना बुझ्ने र स्थलगत रिपोर्टिङका लागि नेताहरू परिचालन गरिरहेकाले बालेन झापा ५ बाटै उठ्ने प्रबल सम्भावना रहेको उनीहरूको दाबी छ। झापा ५ का रास्वपा समर्थक केही नेताका अनुसार त्यहाँ अहिले पनि बालेनले केही सहयोगी खटाएर वस्तुस्थिति मूल्याङ्कन गरिरहेका छन् । बालेनले चारवटा गाउँपालिकामा मतको सामान्य सर्वेक्षण गरिरहेका छन्। यसबारे रास्वपा सचिवालयका केही नेताहरूलाई पनि जानकारी छ । तर औपचारिक रूपमा केही निर्णय भएको छैन। यता रास्वपा झापा सचिव सुस्केरा हरेक परिवर्तनमा झापाको देन रहेको बताउँदै जेनजी आन्दोलन गराउन भूमिका खेल्ने व्यक्तिलाई चुनौती दिन बालेन झापा ५ आउनुपर्ने बताउँछन्। उनी ओलीसँग झापा ५ का जनता निराश रहेको बताउँदै यो उनको बिदाइको उचित समय भएको दाबी गर्छन् । बालेननिकट केही नेताहरूले झापा ५ मा निर्वाचन लड्दाको स्थितिबारे सामान्य सर्भेसमेत गरेको बताइन्छ। रास्पपाका मतदाता खुलिनसकेको झापा ५ मा बालेनले सर्भे गरिरहेको दाबी गरिएको छ । दमक नगरपालिकाका मेयर राम थापासँग बालेनका केही सहयोगीले भेटेर त्यहाँको जानकारी लिइसकेका छन् । थापा स्थानीय तह निर्वाचनमा राप्रपाबाट विजयी भएका हुन् । यस्तै त्यहाँ अन्य पार्टीका असन्तुष्ट नेता९कार्यकर्तासँग पनि बालेनका सहयोगीले छलफल गरिरहेका छन् । रास्वपा झापा जिल्ला कमिटीले झापा ५ का विभिन्न व्यक्तिहरूसँग छलफल तयारी गरेको छ। स्थानीय मतदातासँग छलफल गर्नका लागि बालेनले सुझाव दिएको झापा ५ का ती रास्वपा नेता बताउँछन् । बालेनले नै झापा सभापति र सचिव लगायतनेलाई काठमाडौँ डाकेका हुन् । पार्टी काम भनेर बालेनले झापाको वस्तुस्थितिबारे जानकारी चाहिने भन्दै नेताहरू झिकाएका हुन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल