Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको निष्ठा र प्रतिज्ञा शितल निवासमा उम्लियो

काठमाण्डौ । कमिशन र विचौलियाको काम गर्दा बदनाम भएको सरकार सपथ खादा समेत सत्य र निष्ठाप्रति प्रतिज्ञा गर्छु भन्ने शब्दमा कन्जुस्याँँइ गर्छ । नक्कल गर्न जानेको लुट्न र कमाउन सकृय अरुलाई संघिय लोकतन्त्रको पाठ सिकाउने तर सांसद नभएका गृहमन्त्री, मणि थापा र दावा लामालाई दुई पटक मन्त्री बनाएर संवैधानिक विवाद निम्त्याउने प्रम ओलीको निष्ठा उम्लन थालेको छ । ओलीले लहडमा जे गर्छन् त्यो स्वीकार्दै आएकी राष्ट्रपति विद्याभण्डारीले सपथ खुवाउँदा सत्य र निष्ठाप्रति प्रतिज्ञा गर्छु भन्ने शब्दबाट प्रतिज्ञा उच्चारण नगरेपछि दोहोर्याएको संसारले सुन्नुपर्याे । यो विषय यतिखेर संवैधानिक क्षेत्रका विज्ञहरुले उठाइरहेका छन् । तर प्रधानमन्त्रीलाई त्यसले छोएको छैन ।

कानून विपरित काम गर्ने वर्तमान सरकारको लुटाहा चरित्र पनि व्यापारी उद्योगीले चिन्यो । यस पटक ५ सय उद्योगी व्यापारीलाई एमाले बनाएका तस्कर मोती दुगडको समेत प्रवृत्ति उदाङ्गो भयो । दाताहरुले सीसीएमसीलाई रकम दिन चाहेनन् किनकी त्यहाँ पारदर्शिता थिएन । प्रचार गर्ने सरकारका साईवर सेनाहरु सलवलएका छन् । तर कोभिड १९ समस्या समाधान समितिका भष्मशुर इश्वर पोख्रेलको क्षमता चार दिनमै उत्तानो पर्याे । अक्सिजन उद्योगमा सरकारको हस्तक्षेप र कोटा प्रणाली विरुद्ध निजी अस्पतालको संगठन खडा भयो । वीर अस्पतालको ट्रमा सेन्टरका लगि राखिएको अक्सिजन प्रहरीले जफत गरेपछि ट्रमा सेन्टरमा अक्सिजन नपाएर मृत्युवरण गर्नेको परिवारले कति शराप्यो होला ?

जसका निम्ति अक्सिजन आवश्यक छ । अस्पतालमा बेडको आवश्यकता छ त्यो उपलब्ध गराउन नसकेको राज्यका संङ्चालकलाई सहयोग नआउनुको कारण जनताप्रतिको विश्वास गुम्नु हो । एक वर्षसम्म सरकारको काम कमाउने र भ्रष्टचार गर्न नै थियो । सेना मार्फत भित्र्यार्ईएको सामानमा समेत कमिशन खोज्ने कम्युनिष्ट सरकार विरुद्ध कम्युनष्टि पार्टी नै लाग्नुपथ्र्याे । तर सत्ता बाहिरको नेकपा समेत बदनाम छ । काँग्रेस र जसपाको यादव पक्ष समेत दुधले धोईएको छैन । सिसीएमसीले विश्वासीलो क्षमता प्रदर्शन गर्न सक्दैन । त्यसका प्रमुख नै बदनाम भए । उनले विचौलियालाई परिचालन गरी स्वास्थ्य मन्त्रालयको जी टू जी मार्फत भित्र्याउने गरिएको सेरम कम्पनिको खोप रोक्न लगाए । यो वास्तविकता थाहा पाएर पनि प्रमले आँखा चिम्लिए । अख्तियारमा परेको उजुरी दबाइयो ।

अस्पतालमा वेड छन् भनसुन गर्न नसक्नेका लागि त्यो प्राप्त हुदैन । अस्पतालहरु मानव सेवाका लागि भएनन् । त्यहाँ पनि व्यापार नै चर्केको छ । सरकारी खर्चमा भित्र्याएका सामाग्री विगार्ने अस्पताल कै कर्मचारी हुन् । जसले दलको आडमा भ्रष्टचार गर्छन उनीहरुलाई कारबाही पनि हुदैन विकृति पनि घट्दैन त्यो पनि कम्युनिष्ट शासन चलाइएको समयमा । शुद्दता र जिम्मेवारी कत्तै छैन । मियो गतिलो भएपो गोरुले राम्रो दाँइ गर्छन् । मियो नै लर्खराउने भएपछि देश कसरी सप्रन्छ । सपथ लिदामै कपट गर्नेले देशमा शासन शुद्दसँग चलाउछ भनेर विश्वास गर्ने ठाँउ छैन । असहज परिस्थितिको सामना गर्न निष्ठा र प्रतिज्ञा गर्नुपर्छ तर प्रमले सपथ लिए प्रतिज्ञा गरेनन् ।