Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको पासापछि नेपाल–खनाल समूहलाई आपत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जब अप्ठ्यारोमा पर्छन तब अरुको ढाडमा टेकेर उक्लिन्छन् । अहिले फेरि नकेपा एकता कायम राख्न भन्दै उनले फालेको पासा वास्तविक हो कि फेरि अर्को कपट हो भन्ने बहस शुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पासा फालेपछि नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटीको बैठक बस्न लागेको छ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल–खनाल समूहले बैठक बोलाएको हो । बैठक अहिले बिहान ११ बजे भर्चुअल मार्फत गर्न लागिएको हो । आइतबार प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए । ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन नेपाल(खनाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल