Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई उचाल्दै भारत

काठमाडौं । भारतीय शासक वर्गले माओवादीलाई कमजोर पार्न मोहन वैद्य र नेत्रविक्रम चन्दलाई माओवादीसँग पार्टी एकता प्रक्रियामा सहभागी नहुन् भनेर राम्रै लगानी गरेको छ । मोहन वैद्यको स्थानीय चुनाव बहिष्कार र नेत्रविक्रम चन्दको प्रचण्ड, बाबुराममाथि प्रहारले त्यही सन्देश दिन्छ । यी दुई घटकको एमालेसँग तालमेल गराउने भारतीय योजना भने सफल हुने लक्षण छैन । वैद्यको पार्टीमा कार्यकर्ता छैनन् नेताहरू युरोपेली युनियनबाट हण्डी खाने धेरै छन् । त्यो पार्टीका नेता सिपी गजुरेल क्रिश्चियन धर्मका नायक हुन् । परि थापा, सिताराम तामाङ जनजातिको नाउँ भजाएर खाने मुसाहरू हुन् । इयुले यिनको लालनपालन पनि गर्छ, निगरानी पनि गर्छ । पार्र्टी नै दर्ता नभएको नेकपा चन्दले स्थानीय चुनावमा कुनै मोर्चाबाट भग लिने ठाउँ थिएन । दलगत वैद्यता खोज्ने प्रयास हुँदैछ । भारतले राष्ट्रवादीको डुक्राइमा केपी ओलीलाई अगाडि सारेर लिपुलेक, लिम्पियाधुरा, कालापानीसम्म छिचोल्न सडक बनाउँदा नेपालको सत्तामा नेकपालाई राखेर योजना पूरा ग¥यो । ओलीले संसदले पारित गरेको नक्सा समेटिएको पाठ्यपुस्तक छपाए पनि वितरण गर्न भारतकै कारण रोकेका हुन् । एमालेलाई जिताउन भारतले सत्ता गठबन्धन भत्काउने प्रयास ग¥यो । उपाय नलागेपछि वीरगञ्जका मेयर र मोरङ रंगेली नपाका मेयरलाई पुन टिकट दिलाउने आश्वासन दिएर एमाले प्रवेश गरायो । कम्युनिष्टको नाममा ओलीको कपटी खेल बुझेका भिम रावल, घनश्याम भुसालहरूलाई आगामी चुनावमा जिल्लामा थन्क्याउने भारतीय योजना रहेको छ । यस पटक देश, काँग्रेसमय भएको छ । कम्युनिष्ट पार्टी विभाजित छन् कम्युनिष्टको मत विभाजित हुँदा चुनाव जित्ने काँग्रेसले हो । तर भारत एमालेबाट नै आफ्नो स्वार्थ पूरा हुने भएकोले स्थानीय चुनवामा एमालेलाई साथ र सहयोग गर्न वामपन्थीहरूको चुनावी मोर्चा बन्न नदिने योजना सफल बनाउँदैछ । चन्दको पार्टीमा खड्ग बीकलाई युरोपली युनियननमार्फत् भारतले प्रयोग गरेको हो । मोहन वैद्यलाई रिंगाउन सिपी गजुरेल छँदैछन् । आफ्नो लागि सहज नहुने शक्ति जो सुकै होस् भारतले भत्काउने गर्छ । त्यसको प्रमाण माओवादीलाई बलियो बन्न नदिने भारतले डा. बाबुराम भट्टराईलाई उपेन्द्र यादवसँग लगेर जोड्यो भने महन्त र राजेन्द्र महतो उसकै छँदैथिए । राप्रपा शशसक्त हुन सक्ने आँकलन गरेर नै भारतले २ वर्ष अगाडि एक भएका पार्टी विभाजन नगर्ने गीता छोएको कमल थापालाई राजेन्द्र लिङदेबनबाट छुट्यायो । कम्युनष्टि भत्केको, काँग्रेस आफ्नै शुरले बिग्रेको पार्टीले जन आधार भन्दा पनि अरु पार्टी फुटे हामी एक छौं भनेर बहुमतको अपेक्षा गरेको हो ।
तर भारतले काँग्रेसभन्दा एमालेलाई सघाउन क्रान्तिकारी मोहन वैद्य र चन्दलाई चुनाव बहिष्कार गर्न लगाएको छ । नेकपा चन्दलाई चुनाव बहिष्कार गर्न सहभागी गराउँदैछ । देशका वामपन्थी भनिएका दलहरू सिद्धान्त, नीति र दर्शनमा चल्न छाडेपछि पैसामा बिक्छन् भन्ने कुरा दश वर्ष युद्ध लडेर प्राप्त गणतन्त्र, संघीयता र समावेशिताको रक्षाका लागि माओवादीहरू एकजुट नहुनु हो ।