Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई तर्साउन विद्याको नाम

काठमाण्डौ । आमने–सामने बोल्न नसक्ने कम्बलभित्र छिरेर मुक्का ताक्ने चलन नेकपा एमालेका नेतामा छ । केपी ओलीका लागि शासक हुँदा कानुन लाग्दैन पार्टी अध्यक्षको कार्यभारमा विधानले छुँदैन् । उनकै कारण वारम्वार नेकपा एमाले विवादमा छ । कहिले संसद अवरोध, कहिले न्याय परिषदको झमेला हुँदै अहिले शान्ति प्रकृयाको अङ्ग मानिएको टिआरसी विधेयकको लफडामा एमाले अध्यक्ष केपी ओली नै जागरुक छन् । संसदीय अभ्यासलाई समेत अफ्ठेरोमा पार्न केपी सफल भए ।
अहिले ओलीको दाश बनेर थाकेकाहरूले पार्टीमा आफ्नै वचश्र्व देखाउन खोजेका छन् । बाहिर देखाउन उनीहरूले महासचिव शंकर पोखरेल उपमहासचिव पृथ्वी सुब्बा गुरुङको टीम खडा गराएका छन् । वामपन्थी एकता पक्षधरहरूले ओली विकल्पमा अर्को अनुहारको खोजी गर्दा विद्या भण्डारीलाई उपयुक्त पात्र बनाएका छन् । विद्याको नाम भने अन्य वामशक्तिवीचमा एकतासँग जोडिएको छ । त्यो देशको आवश्यकतासँग जोडिएको पनि छ । यहाँ वाम एकताका वाधक केपी ओली देखिए । जसले आफैले कवोल गरेको लिखितम लत्याएर पार्टी फुटाए संसद भत्काए । पार्टी भित्र एकलौटी प्रदर्शन गरे । त्यो सत्यलाई स्वीकारेका माधवलाई धोका दिने १० भाई पनि केपीको विकल्प विद्या भण्डारी हुनेमा विस्वस्त छन् । शंकर अगाडि आउँदा केपीले शंकरलाई दाङको रजौटा भनिसके । संसदीय चुनावमा राप्ति अञ्चलमा एमाले कमजोर देखियो । प्रदेशको हकमा विष्णु पौडेल, प्रदिप ज्ञवाली समेत पोखरेलको पेलाईमा परेकै हुन् । पृथ्वी सुव्वा, शेरधन राई, कर्ण थापा, गोकुल बाँस्कोटा, राजन भट्टराई, महेश बस्नेत, भानुभक्त ढकाल र राजेन्द्र गौतमसम्मले वाम एकताका लागि नै विद्या भण्डारीको उपयुक्त आवश्यकता ठानेका छन् । मौका पाउँदा काम नगर्ने ओलीका कारण बालिका खड्का काण्डबाट जोगिएका शेरधनलाई माओवादीका सुदन किराँतीले हराए भने शंकरलाई रेखा शर्माले हराएकी हुन् । यीनको हारलाई पनि केपीले खिसी टिउरी नै गरेका थिए ।
आफू संगठनभन्दा व्यक्तिगत स्वार्थको निम्ति माधव र प्रचण्डभन्दा कमल थापा, राजेन्द्र लिङदेन बोक्न तयार हुने केपीलाई अब भने खगराज अधिकारी र पदमा अर्याल भए पुगेकै छ । ओली आफैं दुर्मुखा भएर प्रचण्डले राजनीतिक लिक फेरेको कुरामा सहमत छैनन् । देशको सम्वृद्धि र विकासका लागि वामपन्थीहरूको बीचमा एकताको खाँचो छ । ओलीको यस्तै चरित्र यही व्यवहारले एमाले एक्लै चुनावमा जाँदा कता पुग्ला ? एमाले प्रमुख भएका पालिकाहरूले राम्रो गरेका भए बालेन र हर्कहरूको उदय हुँदैनथ्यो । नेकपाको सरकार टिकाएको भए रवि र रेशम चौधरी स्थापित हुदैनथे । विष्णु पौडेर र ईश्वर पोखरेलजस्ता वदनाम पात्रले बालुवाटार काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड ओम्नी, र यति काण्ड जगाएकै थिए । पोखरेल पूत्र स्वराज पोखरेल सुन काण्डमा जोडिएकै छन् । दावा लामाको नाउमा नागरिकता र पासपोर्ट बनाएका वेल्जियम नागरिक तिव्वती शरणार्थीबाट लगाईएको पोखरेल पूत्रमाथिको आरोपबाट बच्न पनि ईश्वरलाई केपी कै साथ जरुरी भयो । किनकी उनी बदनाम पनि छन् ।
जस्तालाई तस्तै गरिन्छ । केपीका भित्रि योजना भित्रिया भएरै बुझेका शंकर पोखरेलले आफ्नो टिम बढाउन सक्छन् । किनकी उनी पार्टीका महासचिव पनि हुन् । आफ्ना योजनामा कसैले प्रश्न गर्ने आँट नगरोस् पार्टी भनेकै म हुँ म भनेको एमाले हो भन्ने अहँकार केपीमा बढेको छ । सामुहिकताको कल्पना नदेखेपछि शंकरहरू विकल्प खोज्न थालेका हुन् । यो विकल्पको स्वरूप प्रदेश तहको अधिवेशनमा अध्यक्षको प्रतिस्पर्धा नै हो । यहाँ केपीबाट झुलाईएका वामदेव गौतम, भिम रावलसम्मको सहभागीता शंकर पोखरेलसँग हुनसक्छ । किनकी वामदेवको थलो बर्दिया हो रावलका प्रतिस्पर्धी नभए पनि ओलीबाट ठड्याइएका कर्ण थापा अहिले शंकर तिरै छन् । गौतमले पार्टीमा काम गर्ने पद खोजेका थिए रावलले सम्मानजनक हक खोजेका छन् । तर यी दूवैलाई ठाउँ दिँदा आफू नाङ्गै हुने डरले केपीबाट पार्टीमा स्वागत गरिएको छैन् । दूवैजना माधव नेपालको एकिकृत समाजवादीमा अटाउने पात्र पनि हुन् । समाजवादी सत्तामा रहेका काँग्रेस वाहेकका शक्तिको समाजवादी मोर्चामा दोस्रो शक्तिशाली दल हो । जहाँ माओवादी जसपा र नेकपा चन्द समेत जोडिएको छ ।


सम्बन्धित समाचार