Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् । शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन, कुनै ठोस आधार पनि छैन । यदि आयोगले दोषी देखाएको छ भने त्यसले स्पष्ट पूर्वाग्रह देखाउँछ । उनले थपे, यदि हाम्रो अध्यक्षलाई दोषी देखाइन्छ भने मुलुक द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्नेछन् । बस्नेतले सरकारले गलत गतिविधि गर्न खोजे एमाले चुप नबस्ने पनि स्पष्ट पारे ।
२०८२ चैत्र १
ताजा नेपाल
२०८२ चैत्र १
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल