Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले अवसर मात्रै होइन छवी पनि गुमाए

बहुमत प्राप्त नेकपा प्रति जनताले दिएको विश्वास वचाउन सरकार र पार्टी नेत्तृव्वले सकेन । समकक्षी नेताहरुलाई बहिस्कार गरेर प्रधानमन्त्री केपी ओलीको हैकम बढ्यो । मुलुकमा भ्रष्ट्रचारको पारो बढीरहयो । नेताको सुविधा घटेन कर्मचारीको सुविधामा कमी आएन पाटीले सरकारलाई नियन्त्रण गर्ने विषयत परको कुरा निर्देशन समेत लत्याइयो । यो ३ वर्ष मा प्रधानमन्त्री केपी ओलीले गुटको सेवा गरे पाटीमा विवाद चर्काए ।

भ्रष्ट्रचारीहरुलाई बचाए ।आफ्नो गुट भित्र परेका बदनाम चरित्रहरुको संरक्षण गरी पाटीको समेत बदनाम गराए । सरकारले काम गर्ने हो भने ३ वर्षमा आफ्ना निती तथा कार्यक्रमहरुको प्रगती विवरण देखाउन सक्थयो । तर यहाँ सवारी किन्ने होडवाजी चलाइयो प्रशासनिक पुनरावलोकन आयोगको प्रतिवेदन लत्याइयो भष्टचारका छानविन प्रतिवेदनहरु दवाइयो मत्रीहरुको भिड बढीरहेको छ र पैसा आफ्ना लागी बाडेको छ । अर्थतन्त्र माथि गम्भिर संकट आउदाँ समेत अर्थमन्त्रीलार्इृ काखी च्यापेर ओली वाद नाचीरहेको छ । गुटलाई प्राथमिकता दिदाँ आफ्नै बोलीको मर्यादाँ समेत पाटी अध्यक्षको नाताले राख्न नसक्दा प्रधानमन्त्री प्रति आक्रोश बढेको छ ।

दुइ तिहाई बहुमतको सरकारले जनता र राष्ट्रका हितमा काम गरेन । सत्तामा पुग्ना साथ प्रम ओलीको मैमत्ता पन र उनका गुटीयाराहरुको भ्रष्ट्र चरित्रले विश्व माहामारी कोभिड १९ लाई कमाइको थलो बनाइदाँ समेत प्रम ओलीको बोली लज्जीत भएन । राष्ट्रवादी चरित्रबाट निर्वाचन जितेर छिमेकी भारत संग आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेका कारण ओलीले नेकपाको नाउँमा बहुमत प्राप्त सरकारको नेत्तृत्व गर्दा विगत को स्मरण गरेनन् ।

देशको चुच्चे नक्सा निसाना छापमा हटाएर बक्तव्य जारी गर्ने यिनै ओलीले सार्वभौम संसदले अनुमोदन गरेको नक्सा जोगाउन उनलाई यती बेला कठीन भयो जती बेला मन्त्रीपरिषद विस्तारको झाकी पाटी भित्र अनुमोदन समेत भएन । कोरोना पिडीतको उपचारमा समेत मनपरी गर्नेलाई कारवाही गर्नेलाई कारवाही भएन । बरु त्यस्ता चरित्रलाई आफु मातहतमा राखेर पाटी भित्र कणाली प्रदेशको युद्ध चर्काइयो ।यहाँ कुनै वाद सिद्धान्त विचारले काम गरेको होइन केवल ओलीको छवी माथि प्रहार गर्ने बाटो खोजेको हो ।

जनसरोकारका सवालमा सरकार असफल भयो नेपालमा यस्तो असफल र अहंकार यस अगाडी कहिले देखिएको थिएन । त्यही कारण नेकपाको एकता प्रकृया वेपत्ता भएकाृे छ । ठुला नेताका फोस्रा भाषण र कार्यक्रम विनाका निणर्यले निरासा र अन्योल मात्र खडा भएको छ । कर्णाली को विउ बागमती प्रदेश र प्रदेश १मा सर्यो भने त्यो बेला प्रधान मन्त्री केपी ओली र उनको मन्डलीले भारतिय गुप्तचर रअ को साहारा लिन नपर्ला भन्न सकिन्न किनकी नेपालका नेताहरु भारतिय सत्ताको सेवक भएको पुष्टि भएको छ । ओलीको राष्ट्रवाद यहाँ ओझेलमा परेको छ ।


सम्बन्धित समाचार