Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले खोजे प्रचण्डको साथ

काठमाडौं । भाषणैपिच्छे आधा आधा कार्यकाल एमाले र काँग्रेसले सत्ता चलाउने कुरा प्रधानन्त्री केपी शर्मा ओलीले भनिरहे पनि भित्रभित्रै नेपाली काँग्रेससँग एमाले टेढिने अवस्था सिर्जना भएको छ । काँग्रेसले एमालेका मन्त्रीहरु भएका मन्त्रालय अन्तर्गतका नियुक्तिहरुमा दबाव दिन थालेपछि यो स्थिति सिर्जना भएको हो । सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले संवाद गरे, गणतन्त्रवादीहरू एक हुनुपर्छ र यसका लागि विपक्षीका माग सरकारले पूरा गर्नुपर्छ भन्ने प्रचण्डको माग , आदि–इत्यादि‘। त्यसो त केही दिन अघिदेखि नै ‘माओवादीले राष्ट्रिय सरकार गठन हुनुपर्ने माग गरेको’ हल्लासमेत बजारमा चलिरहेकै थियो । सोही हल्लालाई मलजल पुर्‍याउने गरी तीन नेताबीच संवाद भएको अर्को हल्ला सोमबार बाहिर आएको हो । के माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् । स्रोतका अनुसार चार दिनअघि पूर्वकानूनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता अग्नि खरेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । तर, उनी प्रधानमन्त्री ओलीको दूत बनेर खुमलटार गएका थिएनन्, व्यक्तिगत रुपमा प्रचण्डलाई भेट्न पुगेका थिए । माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता खरेलबीच शान्ति प्रक्रिया र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा लामो छलफल भएको थियो । खरेलले प्रमुख राजनीतिक दलहरूले आपसमा मिलेर शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए । उक्त भेटवार्तामा पूर्वमन्त्री खरेलले राजावादीहरू मोर्चावद्ध भएका बेला गणतन्त्रवादीहरू पनि आपसमा मिल्नुपर्ने प्रचण्डलाई बताएका थिए । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीले गरेको प्रदर्शनबाट माओवादी तरंगित बनेको खरेलले गुनासो गरेका थिए । त्यसैगरी सिन्धुपाल्चोकमा भाषण गर्दा ज्ञानेन्द्रलाई ‘मूर्तिचोर’ र ‘भाइमारा’ भनेको विषयमा पनि एमाले नेता खरेलले प्रचण्डको आलोचना गरेको स्रोतले खबरहबलाई बतायो । पूर्वप्रधानमन्त्रीले शब्दहरूको प्रयोग गर्दा विचार पुर्‍याउनुपर्ने खरेलको सुझाव थियो । उक्त भेटमा गणतन्त्रवादी शक्तिहरु आपसमा मिल्नुपर्ने एमाले नेता खरेलको प्रस्तावप्रति प्रचण्ड सकारात्मक देखिएको स्रोतको दाबी छ ।
यसैबीच खरेल र प्रचण्डको भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तर्फबाट राजेश शाक्यले प्रचण्डको सचिवालयमा कार्यरत गंगा दाहाललाई फोन गयो । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच संवाद गराउने शाक्यको चाहना देखिए पनि गंगा राजधानी बाहिर रहेकाले दुई नेताबीच संवाद गराउन सम्भव नभएको बतायो । माओवादीको उच्च स्रोतले भन्यो, राजेश शाक्यले गंगा दाहाललाई फोन गरेको सत्य हो तर प्रधानमन्त्री ओली र प्रचण्डवीच सम्वाद भएको होइन । शेरबहादुर देउवासँग प्रचण्डको टेलिफोन संवाद भएको भन्ने हल्ला पनि सत्य होइन । यसैबीच प्रचण्डसँग निकट रहेका माओवादीका एक नेताले भने, हामी जोसुकैसँग सम्वादको पक्षमा छौं, तर सरकारसँगको संवाद अहिले हाम्रो प्राथमिकतामा छैन, हामी जनताको बीचमा छौं ।


सम्बन्धित समाचार