Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले तोके प्रदेशका कमाण्डर

काठमाडौं । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् । ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फत ५५६ जना केन्द्रीय सदस्य थप गरेको छ । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अुनसार मनोनित केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिनसुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदीप ज्ञवाली तथा नेता कर्णबहादुर थापा र डा विन्दा पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा स्थायी समिति सदस्य शंकर पोखरेललगायत नेताहरु छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाएको सुचना प्रवक्ता ज्ञवालीले जारी गरेका छन् । लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटिने भएका छन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशमा प्रशिक्षणको जिम्मा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल तथा प्रदेश नं २ ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् । तर, रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षमा छन् ।  त्यस्तै प्रदेश नं १ सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने भएका छन् ।