Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली गुटको लुटाहा चरित्र उदाङ्गो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरू बदनाम भएका छन् । पार्टीका अध्यक्ष केपी ओलीका साहन–बहानले गरेका कर्तुतले पार्टीको सामाजिक रूपमा समेत सहिनसक्नु भएको छ । सञ्चारमन्त्री पदबाट गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद काण्ड उर्लेपछि पद त्याग गरे । बाँस्कोटाले मन्त्री पदको गरिमा कति राखे, उनलाई सात खत माफी दिलाउन सक्ने तागत भएका प्रधानमन्त्री ओलीको आफ्नै समीक्षा होला । तर सेक्युरिटी प्रेस देशको लागि जरुरी थियो । ११ अर्बको प्रेसलाई २६ अर्ब भन्ने खबर आयो । भित्रभित्र रू. ५६ अर्बको नीतिगत लुट मच्चाउने योजनाको समाचार पनि आएकै छन् । तर विभागीय मन्त्रीले कतै खण्डन गरेनन् । २५ अर्ब ६० करोड कबोलेको कम्पनी छाडेर १० अर्ब २४ करोड बढी रकम खर्च गर्ने तयारी थियो । प्रधानमन्त्री ओलीले अहिले आफ्ना दलालहरूको हर्कत थाहा पाउँदैछन् । ओली नै हुन्, कृष्णबहादुर महरालाई नियोजितरूपमा फसाउने । अग्नि खरेलकी पत्नी र सुवास नेम्वाङसमेतले आफू सभामुख बन्न यो जालसाजी गरेका थिए । नेपालमा जासुसको जालो खडा गर्ने सुवास नेम्वाङ हुन् । यिनले अदालतमा समेत सञ्जाल खडा गर्ने तत्कालीन एमालेका नायक भएको सन्देश दिएका थिए । सबैलाई मिलाउने नाउँमा संविधान लेखनमै सुवासले बेइमानी गरेका हुन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ताल उस्तै छ ।
ओलीले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्न नजान्दा पदबाट हटाएका थिए । तामाङले बङ्गलादेशमा पढ्न गएका युवतीले ज्यान सुम्पनुपर्ने बाध्यता छ भनेका थिए । हरि पराजुली र राधा ज्ञवालीको बहादुरी पुरानो भइसकेको थियो । यस्तै कुकर्मले सुदूरपश्चिम प्रदेशका भूमिमन्त्री दीर्घराज सोडारीको पद खोसियो । बाहिर प्रचार कम भए पनि केशव स्थापितको बर्खास्ती यौन काण्डै हो । तर शेरधन राईको जबर्जस्ती करणी, कृपासुर शेर्पाको कान्छी पत्नी काण्ड पनि चर्चित भएकै थिए । सम्बन्ध यी कुकर्मधारीहरूको केपी ओली र वमदेव गौतम पक्षधर भ्रष्ट, यौनलम्पट र अपराध कर्मका अनुयायी यिनीहरूको संरक्षण नेकपाको नेतत्वले गरेको छ । हिजो कृष्णबहादुर महरालाई एमसीसी प्रतिवेदन संसद्बाट स्वीकृत नहुँदा रोशनी शाही प्रकरणमा फसाउने तिकडम गरेका खड्ग ओलीले गोकुल बाँस्कोटाको घूस काण्डबाट देशको छुद्रताले अर्को काण्ड निम्त्याउने सम्भावना छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको भावना र आवश्यकतालाई लत्याएका छन् । हिजो ओलीले जनतालाई देखाएको चासो र चिन्ता आज देखिँदैन । उनको सिङ्गापुरको उपचार खर्च कसले बेहोरेको छ ? मेडिकल माफिया र एनसेलको व्यवस्थापनले ओलीको सेवा गर्न देशको राजस्व मार्दा किन नैतिकता उफ्रिएन ? माओवादीलाई होच्याउन पाउँदा उफ्रिने ओली गुटले केही दिनअगाडि ईश्वर पोखरेल, विष्णु रिमाल, विष्णु पौडेल, सुवास नेम्वाङबीचको छलफलबाट राष्ट्रमा लुट मच्चाउन बुनेको योजनाअनुसार सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड काण्ड सार्वजनिक भएको त होइन ? शङ्का छ । अरूलाई होच्याउने, पेल्ने केपी ओलीका छौँडा र ढेडूका ग्रहदशा बिग्रेका त छैनन् ? ओली जस्तो राजनीतिमा अराजक र राष्ट्रघाती नेताले नेकपाको प्रतिष्ठा कसरी जोगाउलान् ? माओवादीप्रति पूर्वाग्रह राख्ने ओली गुटको पार्टी निर्माण प्रक्रिया यसरी घूस सङ्कलन गरेर नै चम्काउने हो ? जनताले प्रश्न गरेका छन् ।


सम्बन्धित समाचार