Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् ।
केही दिनअघि नेपालले स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेतालाई फोन गरेर संयमित अभिव्यक्ति दिन सुझाएको एक नेताले बताए । कतिपय नेतालाई नेपाल आफैंले कोही पनि नेता कार्यकतालाई घोचपेच हुने झगडालु अभिव्यक्ति नदिन सुझाएका हुन् ।
नेपालको निर्देशन पाएका एक नेताले भने, ‘केपी ओली प्रवृतिको विरोध गर्ने तर व्यक्तिगत रुपमा कसैलाई गाली नगर्ने भन्ने उहाँको निर्देशन छ । पार्टी एक हुन पनि सक्छ नहुन पनि सक्छ । तर नजिक भएकालाई टाढा बढाउने र टाढा भएकालाई नजिक आउन बाटो नराख्ने गरी कसैले पनि अभिव्यक्ति नदिनु भनेर उहाँलाई बारम्बर भनिरहनुभएको छ ।’
केही समययता पार्टी एकताका लागि वार्तामा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरुको भूमिकालाई लिएर माधव पक्षकै नेता कार्यकर्ताले टिप्पणी गरिरहेका छन् ।
माधव नेपालको तर्फबाट वार्ता गरिरहेको नेताहरुको आलोचना केन्द्रीय सदस्यहरुबाटै भएपछि नेपालले नमिठो नबोल्न निर्देशन दिएका छन् ।
‘आफूले भ्याएसम्म आफैंले पनि हामीलाई कयौं चोटी मान्छेलाई नकारात्मक बनाउने अभिव्यक्ति नदिनुस् है ठिक्क बोल्नुस् है ओलीतिर रहेका मान्छेलाई पनि गाली नगर्नुस्, आउने बाटो बन्द नगर्नुस् भन्नुभएको छ, एक केन्द्रीय सदस्यले भने, यसपटक माधव कमरेड आफ्नो अडानबाट तलमाथि नहुने तर अभिव्यक्ति संयमित दिने भन्ने लाइनमा हुनुहुन्छ
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल