Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र ठाकुरको लहरो कहिले छिन्छ ?

११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लागेको बेला ‘मन अड्याउने’ ठाउँ जस्तो भएको थियो । सर्वोच्च अदालतका पछिल्ला आदेशहरुले त्यो समीकरणको राजनीतिक औचित्यमाथि प्रश्न उठेको छ ।
सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो भने ८ असारमा पार्टी विभाजनलाई स्वीकार गर्दै सरकारमा गएको जसपा ठाकुर पक्षका मन्त्रीहरुलाई पदमुक्त गरिदियो । सरकारमा जानुको औचित्य सावित गर्न र सांसदलाई आफ्नो पक्षमा बचाइराख्न उनीहरुलाई चुनौतीपूर्ण बनेको छ ।
तर जसपा ठाकुर पक्ष तत्काल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग सहकार्य नतोड्ने पक्षमा देखिएको छ । पछिल्लो घटनाक्रमबारे बिहीबार सांसदहरुलाई ब्रिफिङ गरेका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग सहकार्य जारी राख्ने बताएका छन् ।
सर्वोच्चको आदेशका कारण सरकारबाट हट्नु परेको भन्दै प्रधानमन्त्रीलाई दोष दिन नमिल्ने बताए । ‘हाम्रो गठबन्धन कायमै छ, ठाकुर पक्षका एक नेता भन्छन्, ‘हाम्रो माग मुद्दाप्रति जबसम्म सकारात्मक देखिनुहुन्छ, हाम्रो साथ दिन्छौं ।
१८ दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका उमाशंकर अयगरिया पनि सरकारबाट हट्दा आफूहरुले प्रधानमन्त्रीलाई त्यही बचन दिएको बताउँछन् । ‘प्रधानमन्त्रीले हाम्रा माग मुद्दा सम्बोधन गर्नुभयो, हामीले पनि सरकारमा जाने प्रतिवद्धता पूरा गर्‍यौं, उनले भने, हामीले प्रधानमन्त्रीलाई भनेका छौं, सरकार ठूलो होइन लोकतन्त्र बचाउन हामी तपाईंको साथमा छौं ।
जसपा नेताहरुका अनुसार कम्तिमा संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नआउँदासम्म ओली–ठाकुर गठबन्धन कायमै रहन्छ ।
सर्वोच्चको अन्तरिम आदेश, एउटा दाउमा प्रधानमन्त्री ओलीको हार मान्ने राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ओली हार्दा सत्तामा रहेको ठाकुर पक्ष पनि हारेको छ । तर महन्थ ठाकुरको जस्तो स्वभाव छ, जसरी डिल गर्नु भएको छ । उहाँले तत्काल ओलीसँगको सहकार्यबाट यूटर्न गर्न सम्भावना देखिँदैन


सम्बन्धित समाचार