Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अहिलेको परिस्थिति भनेको शान्ति कायम गरेर चुनाव लक्ष्यित कार्यक्रममा ध्यान जानु पर्ने समय हो । त्योसँगै आन्दोलनका नाममा भएको अरवौंंको क्षति र ७५ जना युवाको हत्यालाई बिर्सन सकिँदैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। उनका अनुसार प्रहरी लामो परामर्श र छलफलपछि तत्काललाई पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङलगातविरुद्ध यसबिचमा परेका उजुरी तामेलीमा राख्ने निष्कर्ष नजिक पुगेको छ। गृहमन्त्री अर्यालले पूर्वसरकार प्रमुखलाई तत्काल पक्राउ गरेर अगाडी बढ्न दबाब दिएपनि जेनजीतर्फ भने कारबाही नगर्न र पक्राउ गरिएकालाई पनि रिहा गर्न आदेश दिएका थिए। अर्यालको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर हिरासतमा राखेका आन्दोलनरत पक्षका झण्डै २ सयलाई रिहा गरिसकेको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको र पछि आवश्यक पर्दा फेरि मुद्दा अगाडी बढ्ने प्रहरी स्रोतको भनाई छ। ओली र लेखकविरुद्ध जेनजी समूहका अगुवा सुदन गुरुङले नै प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए। प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सुदन र बालेनविरुद्ध पनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उजुरी दिएको थियो। यो उजुरी पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। यी सबै उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आगोगमा पठाएको थियो। आयोगले फौजदारी कसुरको उजुरीमा कारबाही गर्न प्रहरीलाई बाधा नपर्ने जवाफसँगै उजुरी फिर्ता गरिदिएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसरमा यी सबै उजुरी होल्ड छन्। यी उजुरी कसरी अगाडी बढाउने भन्ने विषयमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसहितसँग पनि छलफल गरेको थियो। यसअघि गतसाता ओली र लेखकविरुद्ध उजुरी गर्दै जेनजीका अगुवाहरूले दबाब बढाएपछि सरकारले सबै सुरक्षा प्रमुखलाई बोलाएर मध्यरातसम्म छलफल गरेको थियो। छलफलमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले तत्काल पक्राउ गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए। तर त्यसरी अगाडी बढे शान्ति सुरक्षाको स्थिति बिग्रने र अन्य धेरै व्यक्ति पक्राउ गर्नुपर्ने अवस्था आउने बताएपछि सरकार तत्काल पक्राउ नगर्न सकारात्मक भएको हो। अहिले प्रहरीले गर्ने निर्णयमा गृहमन्त्री अर्याल पनि सकारात्मक नै रहेको सुरक्षा अधिकारीहरूको भनाई छ। यसअघि मंगलबार अनशन बसेका युवालाई अनसन तोडाउने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीले जाहेरी दर्ता गरेर अगाडी नबढाएको भन्दै असन्तुष्टि जनाएका थिए। अनशनरत युवाले कारबाहीमा ल्याउन गरेको मागबारे जवाफ दिँदै गृहमन्त्री अर्यालले भनेका थिए, ‘यो जाहेरी परिसकेको छ। जाहेरी परिसकेपछि केही असहज परिस्थिति आएको हो। गृहमन्त्री अर्यालले दर्ता नगर्ने हो भने त्यसको जवाफ दिन र नतिजा भोग्न तयार हुनु पर्ने चेतावनी दिएका थिए।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल