Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली–शेखरको अघोषित चुनावी एकता

  • अर्जुन ज्ञवाली

हालै सम्पन्न स्थानीय तहको निर्वाचन नीति, विचार र सिद्धान्त भन्दा पनि आ–आफ्ना स्वार्थका आधारमा गठबन्धन भएकाले न यसले पार्टीगत प्रतिनिधित्व गर्दछ, नत दलीय व्यवस्थाको नै । पाँच दलीय गठबन्धन मात्रै होइन, ओलीले भित्री र बाहिरी रूपमा स–साना दलमात्रै होइन काँग्रेसभित्रको कोइराला गूटसँग पनि अघोषित एकता गरेका थिए । यही अघोषित एकता अन्तर्गत झापाको कचनाकल गाउँपालिकामा काँग्रेस एमाले गठबन्धन भएको थियो भने भरतपुरमा जगन्नाथ पौडेल उभिएका थिए । यसको सट्टा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनका विरुद्ध कोइराला पक्षले एमालेलाई सघाउने र विराटनगरमा ओली पक्षले अघोषित रूपमा काँग्रेसलाई सघाउने, भरतपुरमा विद्रोही उम्मेदवार पौडेललाई थाती राख्ने भित्री सहमति पनि छताछुल्ल भएको छ ।

यस कारण भरतपुरमा भएको पाँच दलीय गठबन्धनको सभामा कोइराला पक्षका कोही पनि सहभागी भएनन् । प्रारम्भिक मत परिणाम हेर्दा गठबन्धनभित्र जसरी माओवादी केन्द्रले नेपाली काँग्रेसलाई होस् या अन्य गठबन्धनलाई इमान्दारितापूर्वक मतदान गरे, काँग्रेसले त्यो गरेको देखिएन । चुनावी परिणामलाई दलगत रूपमा हेर्नु मुर्खता हुनेछ । किनभने यो गठबन्धन बहुदलीय व्यवस्था भित्र निर्दलीय मोडालिटीमा भएको छ । प्रारम्भिक चुनावी परिणामले माओवादी केन्द्रले आफ्नो पुरानो ठाउँका कतिपय आधार क्षेत्रहरूमा एक्लै आफ्नो बर्चश्व कायम राखेको छ ।

नेकपा एमाले केपी ओलीमा यति अहंकार थियो कि उनले आफू कहीं कहीं काँग्रेस बाहेक कसैलाई देखेका थिएनन् । उनका महासचिव शंकर पोखरेलले त धेरै पहिलेदेखिनै नेपालमा दुई दलीय व्यवस्थाको परिकल्पना गरेका थिए र त्यही अभिव्यक्तिलाई पछिल्लो पटक ओलीले दोहो¥याएका थिए । यहाँसम्मकी महाधिवेशन मार्फत् पराजित बनेका कमल थापालाई दायाँ र होली वाइनका कार्यान्वयनकर्ता एकनाथ ढकाललाई बायाँ राखेर उनले आफ्नै जिल्लाबाट उदय भएका राजेन्द्र लिङदेनको गला निमोठ्न कुनै कसर बाँकी राखेनन् । त्यसको लागि उनले अघोषित रूपमा कृष्ण सिटौला र शेखर कोइरालासँग गठबन्धन गरे । तर, परिणाम भरतपुर, विराटनर र झापाको कचनाकवलको उनको अनुकुल देखिए पनि अन्यत्र देखिएन । स्मरण रहोस् नेपालमा जबजब दुईवटा दलमात्रै हावी हुन्छन् राष्ट्रघातका कार्यहरू मिलेर गर्ने गर्दछन् ।

२०५३ सालमा काँग्रेस र एमाले मिलेर गरेको राष्ट्रघाती महाकाली सन्धि होस् या २०५६ सालमा संसदबाट पारित भएको नागरिकता विधेयक या धर्म निरपेक्षता जस्ता घातक राष्ट्रघातहरू काँग्रेस र एमालेको गठबन्धनले नै गरेको छ । एकातर्फ केपी ओली युनिफिकेशन चर्चका एकनाथ ढकाललाई भिœयाएर धर्म निरपेक्षतालाई अनुमोदन गरेका छन् भने अर्कोतर्फ पश्चिमाहरूले खडा गरेका कमल थापालाई भिœयाएर राम, सीता जन्मभूमिको व्यानरमा हिन्दू धर्ममाथि खेल्न खोज्दै थिए । स्मरण रहोस्, २०६३ साल जेठ ४ गते चोर बाटोबाट संसदमा धर्म निरपेक्षता छिराउने ओलीका दाहिने हात सुभाष नेम्वाङ थिए भने यसको रणनीतिकार नेपाली काँग्रेसका कृष्ण सिटौला । यो अवस्थामा अहिलेको गठबन्धन घोषित र अघोषित काँग्रेस, माओवादी, राप्रपा लगायत कुनै पनि दलहरू कसैसँग पनि अछुतो छैन ।

अपवाद यो स्थानीय निर्वाचनमा भक्तपुर र पश्चिमका कालिकोट लगायत केही जिल्लाहरूमा प्रभाव रहेको नेमकिपा मात्रै एकल रूपमा निर्वाचन लडेको छ । यसकारण पार्टीगत जनमतको हिसाव गर्दा नेमकिपाको मात्रै गर्नुपर्ने हुन्छ । यो स्थानीय निर्वाचनले काठमाडौं लगायत देशका महत्वपूर्ण जनाधार भएका ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरू अग्रस्थान र प्रतिस्पर्धामा देखिनुलाई जुनसुकै शक्ति केन्द्रको सहयोग या आशिर्वाद भए पनि नकारात्मक रूपमा लिनु पर्ने छैन । दलीय सिन्डिकेटमा गुण्डा र तस्करलाई उठाए पनि मतदान गर्नुपर्ने बाध्यताकाबीच जनताले स्वतन्त्र उम्मेदवार पनि खोज्न थाल्नुलाई सकारात्मक रूपमा नै लिनु पर्दछ ।