Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

२६ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।

जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल