Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना कहरका कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो ।


सम्बन्धित समाचार