Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कठै काँग्रेसको गति !

देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा हजम गर्ने बहादुरहरू काँँग्रेस र एमालेमा धेरै छन् तीनै काँग्रेस र एमालेका कारण संघियताले दरिलो खुट्टा टेकेको छैन् । चर्का कुरा गर्ने प्रचारवाजीमा रमाउने महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्मा महामन्त्रीकै प्रत्यासी प्रदिप पौडेलजस्ता नेताले भाउजु काँग्रेस दवदवालाई चुनौती दिन सक्नु भएको छैन् । ४८ वटा विभागलाई महाधिवेशन भएको २ वर्ष पुग्दा समेत पूर्णता नदिने त्यो काँग्रेस ठूलो पार्टी भएको गर्व गर्न लजाउँदैन् । १५ विभागमा संयोजक तोके पनि पूर्णता नपाउँदा विभागीय कार्यक्षेत्र सुनसान छ ।
कालो बजार र महँगी नियन्त्रणमा चासो नदिने मौका पाउँदा किसानले पाउने अनुदान हजम गर्ने गगन थापाहरूलाई गठवन्धन सरकार रुचेको छैन् । जवकी एमालेको केपी ओली व्राण्डले देशको ढुकुटी व्रम्हलुट गर्दा संविधान र कानूनलाई पंगु वनाएर २ पटकसम्म संसद भंग गर्दा एकै ठाउँमा पुगेको ५ दलीय गठवन्धनकै कारण काँग्रेस ठूलो पार्टी भएको थियो । डा. शेखर कोइराला अर्दशको कुरा गर्छन पार्टीमा भाउजु हैकमले सरकारको गति समेत चम्कन नसकेको पत्तो पाउँदैनन् । डा. शेखरलाई पनि प्रधानमन्त्रीमा ३२ सीटे पार्टीका अध्यक्ष भएकोमा रिश छ । आफ्नो पार्टीले पाएका जनतासँग जोडिएका स्वास्थ्य उद्योग वाणिज्य तथा आपूर्ति, कानून, अर्थ, परराष्ट्रजस्ता मन्त्रालय अन्तर्गतका कामले डा. शेखर, गगन, विश्व र प्रदिपहरूलाई गौरव दिएको हुनसक्छ । किनकी काँग्रेस आफ्नै नेताका काम गराईको मुल्याङन कति गर्छन ? नवकी काँग्रेसी मन्त्रीहरू लुटमै छन् ।
पार्टी महाधिवेशनमा शेरवहादुर देउवा विरुद्ध सभापति पदमा भिडने प्रकाशमान सिंह विमलेन्द्र निधिका विचमा समेत सहकार्य भएन् । उनीहरूका वीचमा एकले अर्कोलाई स्विकार्न नसक्नु भनेको घमण्ड हो । शेरवहादुरका उनीहरू प्रतिस्पर्धी थिएनन् । त्यही कारण निधि र सिंहले डा. शेखरलाई पत्याएनन् । जो शेखरका सारथी थिए तीनले देउवा विरुद्ध अरुलाई एक जूट गराउन सकेनन् । रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति पदको सिटामोल मात्र खुवाएका थिए । तर तनहुँवाट सांसद बनाएर ल्याउने आधार भनेकै माओवादीलाई साथ लिनै पथ्यो । माओवादीककै एजेण्डा संघियता गणतन्त्र र समावेशीताको रक्षा काँग्रेसको वाध्यता थियो । अहिले कृश्यियनीटीको लगानीमा दलहरू तहसनहस हुदै गर्दा काँग्रेस भित्रै शंकर भण्डारी धार्मिक स्वतन्त्रताको एजेण्डामा जुटेका बेला डा. शेखर कोइरालाको तुजुक मोरङवाट छताछुल्ल भयो । तर विमलेन्द्र र प्रकाशमान साइड लागे । त्यस्तो काँग्रेसको नालायक नेतृत्वलाई आफ्नै पार्टी र मन्त्रीको कामलाई खवरदारी गर्न नसक्ने काँग्रेसी युवाहरू समेत नालायक वन्दैछन् । पार्टी महाधिवेशन भएको २ वर्षमा विभागले पूर्णता नपाउने अवस्थाले पनि काँग्रेस नालायकहरूको जमातका रुपमा लिए हुन्छ । जनतालाई निराश बनाउने दलका नेता असक्षम सावित भएका छन् । देशमा अराजकता बढेको छ । फरक सोच र शैलीका पात्र र प्रवृत्ति बढेका छन् । एकले अर्कोलाई नाँगो पार्ने पद र कूर्सीका लागि जे पनि गर्ने राजनीतिले निराशा जागेको छ ।
केही बोल्न परे स्व. गिरिजा कोइरालाले झैं मोरङ पुग्ने डा. शेखर कोइरालाले काँग्रेसलाई सुधार्न के गरे ? उनी आफै सभापतिका प्रत्यासी हुन् । १६ विभाग गठन गर्दा तोकिएको भदौ १५ भित्र १५ वटामात्र विभाग गठन भए नेतृत्व तोकिएको अरु विभागको भद्रगोल सपार्न चासो दिएका छैनन् । केन्द्रीय सदस्यले विभागको नेतृत्व गर्ने सदस्य मनोनीत सभापतिले गर्ने विधानमा व्यवस्था छ । डा. कोइरालाको टीमका कृष्णचन्द्र नेपाली प्रदेश समन्वय, प्रकाश रसाइली वैदेशीक समन्वय, किरण यादव तराई मधेस समन्वय पाएका छन् । तर देउवा पक्षले पाएको १२ वटा विभाग समेत अपाँग भए । प्रचार विभागमात्र पूर्ण भएको त्यो काँग्रेस आफै सत्तामा छ । आफै देश लुटिरहेको छ विरोध गर्छ प्रधानमन्त्री र उनको पार्टीको ? आफू कमजोर भएपछि अरुको विरोध गर्नु राजनीतिक अपराध हो । एमाले हर हालतमा सरकार ढाल्न कहिले डा. शेखरलाई उचाल्छ कहिले गौर हत्याकाण्डमा प्रत्यक्ष जोडिएका उपेन्द्र यादवलाई उचाल्छ भने काँग्रेसका प्रचार प्रमुखहरू आफनै पार्टीको गतिहिनता सपार्न नसक्ने नालायक भएका छन् ।


सम्बन्धित समाचार