Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कति सर्छ काँग्रेस महाधिवेशनको मिति

काठमाडौं। प्रतिपक्षमा निदाउँदा त समयमा महाधिवेशन गर्न नसकेको नेपाली काँग्रेसले सत्ता प्राप्तिपछि पनि तोकिएको समयमा महाधिवेशन गर्न सकेको छैन । नेपाली काँग्रेसको महाधिवेशनको नयाँ मिति तोकिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले वडा तहको अधिवेशन १८ भदौमा गर्ने भएको छ । यो समयबाट अधिवेशन सुरु गरेर मंसिरमा पूरा गर्ने गरी काँग्रेसले महाधिवेशन गर्न लागेको हो । यसअघि तोकिएको वडा तहको अधिवेशनको मिति कटिसकेको छ । भदौमा तय भएको महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति तोकेको हो ।
काँग्रेसले २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । १८ भदौमा वडा अधिवेशन सकेर गाउँ तथा नगर अधिवेशन २७ भदौमा तोकेको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकका लागि तोकिएको छ । काँग्रेसको वडा तह देखि महाधिवेशनसम्म ३ महिना पूरा लाग्ने गरी कार्यतालिका बनाइएको छ । दशैं अगाडि जिल्ला अधिवेशन सक्ने र दशैपछि प्रदेश अधिवेशन गर्ने गरी मिति तोकिएको छ । छठ सकिएपछि महाधिवेशन गर्ने तय भएको छ ।