Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कनकमणिले नबुझेको हिन्दू र सनातनी

  • अर्जुन ज्ञवाली
तपाईंले निदाएको मानिसलाई उठाउन सक्नुहुन्छ तर बहाना गरेकोलाई सक्नुहुन्न । जर्ज सोरोसजस्ता सिआइए एजेन्ट र नर्बेको इसाई मिसनरिको फण्डिङमा क्रियाशिल नेपाल बिरोधि फण्डिङ पत्रकार, लेखक बुद्धिजीवी, मिडियाहरू भनेका डलरको लागि बुझपचाएर मालिकको सेवा गरेको रूपमा आम नेपाली पाठकहरूले लिनु होला । नेपालको हिन्दू धर्म–सस्कृती विरुद्ध नलेखे उहाँहरूलाई यसरी डलर आउँदैन भन्नेकुरा सबैले बुझेकै हो । गत हप्ता अनलाइन खबरमा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले उताको हिन्दू यताको सनातनी शीर्षकमा भ्रमपूर्ण लेख लेखेर दिग्भ्रमित पार्न खोज्नुभएको छ । पश्चिमी मिशनमा रहेको हुनाले उहाँले नेपालको इतिहास नबुझेको पक्कै पनि होइन । बुझ पचाएर बंग्याएको मात्र हो । यसकारण निदाएको मानिसलाई उठाउन सकिन्छ बहान बनाएकालाई सकिँदैन भनेको हो ।
१) पृथ्वीनारायण शाहकै दिब्योपदेशमा नेपाल असली हिन्दूस्थाना रहेछ । आआफ्ना कुलाधर्म नछोडनु उल्लेख छ । जतिबेला भारतमा मुस्लिम÷ बेलायती शासन थियोे त्यतिबेला पनि नेपाल हिन्दू राष्ट्र थियो । नेपाली हिन्दूराष्ट्रसँग बिजेपीलाई जोडनेहरू पश्चिमकै अनुचरहरू हुन् । जबकि भारतको आरएसएसको स्थापना नै सन् १९२५ मा भएको थियो ।
२) नेपाल एकीकरण गरेको गोर्खाली सेना शिबरात्रमा स्थापना भएको गोरखनाथको सेना हो । जसको लोगोनै त्रिशुल र डमरू रहेको छ ।
३) नेपाल एकीकरण गर्ने गोर्खाली सेनाको धुननै जय जय काली जय जय गोरख हो । यसकारण नेपाल एकीकरणदेखिनै नेपाल हिन्दू राष्ट्र हो ।
४) नेपालका मुस्लिमहरू गोरखनाथलाई पिरको रूपमा पुज्दछन । गोरखनाथलाई मान्दै नेपाल एकीकरणमा सामेल छन् । यसकारण नेपालको हकमा हिन्दू र मुश्लिमबीचमा कुनै विभेद छैन । दाउन्नेमा रहेको मदरनाथ मन्दिरले हिन्दू मुश्लिम दुवैलाई जोडेको छ । जुन मन्दिरमा हिन्दू र मुश्लिम दुवै पुजारी छन् ।
५) गुरु गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बौद्धहरूले आर्यअवलोकितेश्वरको रूपमा पुज्दछन् । मत्स्येन्द्रनाथको नेपाल एकीकरण भुमिका छ । बौद्ध लामाहरू एकीकरणमा आबद्ध छन् । यसकारण नेपालमा हिन्दू र बौद्धमा कुनै मतभेद छैन । मत्स्येन्द्रनाथको तन्त्रविज्ञान शैव हिन्दू र बौद्धलाई एकाएकर गराएको छ ।
६) नेपाल हिन्दू, किराँत, बौद्ध भुमिहो । जसलाई शैब नाथहरूले समन्वय गर्नु भएको छ । यसकारण ः
क) यहाँ बुद्ध बौद्धनाथको रूपमा हुनुहुन्छ ।
ख) यहाँ विष्णु मुक्तिनाथको रूपमा हुनुहुन्छ ।
ग) यहाँ मोहम्मद मदरनाथको रूपमा नवलपरासी दाउन्ने डाँडामा हुनुहुन्छ ।
घ) सेनाका पल्टनहरू नाथान्त नामबाट स्थापित छन । जस्तो चन्दननाथ गण, गोरख गण, भैरवनाथ गण आदि ।
नेपाल हिन्दू राष्ट्र हो । सनातनी र हिन्दू फरक भन्ने नरपशुहरूले नेपाल एकीकरणको आध्यात्मिक शक्तिपाद कति बुझेका छौ ? आउ बहस गर्न तिम्रा हाडबर्डदेखि क्याब्रिज कुन–कुन युनिभर्सिटीका अध्यता छन् ।
७) कनकमणि जि मात्रै होइन फण्डिङ पत्रकार बुद्धिजीवीहरूले बुझ्दा हुन्छ यो युग तिमीहरूले भ्रम दिएर बिक्ने युग होईन तिमीहरूलाई चिनिसकेका छन् ।
८) नेपाल एकीकरणको जगको हिन्दूत्वसँग बिजेपी र आरएसएसको कुनै सम्बन्ध छैन । बिजेपी र आरएसएस त नेपालको हिन्दूत्व समाप्त गर्नका निम्ति क्रियाशील रहेका छन् । त्यतिमात्रै होइन पश्चिमाहरूले स्कोन, साइबाबा, ब्रम्हकुमारी राजयोग, हरेराम हरेकृष्ण आदि विभिन्न मिशनरीहरू खडा गरेर नेपालको हिन्दूत्व समाप्त गर्न क्रियाशील रहेका छन् । कनकमणिजी जस्ता पत्रकारहरूले यतातर्फ कलम चलाए हुने थियो ।
९) नेपाल ६४ योगिनी देविहरूको देश हो । यहाँ शिव र शक्ति एकअर्कामा अन्तर्सम्बन्धित छन् । यसकारण नेपाली सेनाको धुन जय जय कालिले देबि शक्तिको र जय जय गोरखले शिबशक्तिको सङ्केत गर्दछ ।
१०) मनकामना, भवानी देबिको नेपाल एकीकरण सँग सम्बन्ध छ ।
११) किर्तिपुरको युद्ध २ पटक गोर्खाली सेनाले हारेपछि पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथका चेला सिद्ध भगवन्तनाथले भैरवको साधना गर्न सुझाएपछि जितेको इतिहास छ । तत्पश्चात् तिम्रो सिमा टिस्टा काँगडा हुनेछ भनेर पृथ्वीनारायण शाहलाई सिद्ध भगवन्तनाथले तरवार थमाइदिएको प्रमाणित इतिहास छ । नेपाल एकीकरणमा सिद्ध भगवन्तनाथ पुस्तकमा उल्लेख एतिहासिक प्रमाण हेर ।
१२) पृथ्वीनारायण शाहको देहावसानपछि प्रताप सिह शाहको समयमा बेतिया प्रवासमा रहनु भएका बहादुर शाहलाई पृथ्वीनारायण शाहकी छोरी तत्कालीन शल्यानी राजकुमारी बिलाश कुमारीले सिद्ध भगवन्तनाथलाई पत्र लेखी लिन पठाएर नेपाल फर्किएपछि पश्चिम् एकीकरण भएको इतिहास तिमीहरूलाई कति जानकारी छ ?
१३) यो भुमि तिमीहरू जस्ता फण्डिङ पश्चिमा एजेन्सीका अनुचरहरूको होईन । यो डा. शिबनाथ डोग्रा (खप्तडबाबा) ले साधना गरेको भुमि हो ।
१४) यो योगि नरहरिनाथको इतिहासको बिराशद भएको देश हो ।
१७) डा. स्वामी प्रपन्नाचार्यले आध्यात्मिक ज्ञान् सिंचन गरेको भुमि हो ।
१८) ‘कलौ ब्राह्ममण राक्षस’ कलियुगका बाहुनहरू राक्षस हुन्छन् भनेर हजारौं हजार बर्षपूर्व शास्त्रमा लेखिएको कुरा नेपालमा देखिँदैछ । नेपाल विरुद्ध यहाँको धर्म सस्कृती विरुद्ध पत्रकार, लेखक, बुद्धिजीवी, राजनीति कर्मी सबै यस्तै बाहुनहरू क्रियाशिल रहेको अवस्था छ ।
त्रिपाठीले लेखेजस्तो होइन इतिहास
देवप्रकाश त्रिपाठी दाजुको गतहप्ताको घटना बिचार साप्ताहिकको आलेख पढिसकेपछि यो सम्प्रेषण गर्न मन लाग्यो । उहाँले लेखेजस्तो होइन भिमसेन थापा, जंगबहादुर र त्रिभुवनको इतिहास, नत उहाँले उल्लेख गरेजस्तै राष्ट्रको चिन्तालागेर विपि कोइराला २०३३ सालमा नेपाल फर्किएका हुन् । जयप्रकाश नारायण र पश्चिमासँग बिपिको निकटता आफुलाई बाधक बनेपछि इन्दिरा गान्धीले नियन्त्रण घेरा बाहिर जान नदिएपछि अर्थात इन्दिरा गान्धीले लात हानेपछि फर्किएका हुन् बिपि कोइराला ।
१) नत बिपि फाँसिको परवाहनगरी फर्केका हुन्, ऊनी राजा बिरेन्द्रले डा केशरजंग रायमाझीलाई पठाएर सबै सुरक्षा ज्ञारेन्टि गरेपछि फर्केका हुन् ।
२) त्रिभुवन किन भारत गए र नेहरूसँग उनले कसरी नेपालको हितमा टक्कर लिए त्यो समयको भारतको द हिन्दू पत्रिकामा प्रकाशित इभिडेन्स सहित बीपी, बाइबल र काँग्रेस पुस्तकमा उल्लेख गरिएको छ । इतिहास भिडको आवाज होइन र इतिहास बामपन्थी, लोकतान्त्रिक हुँदैन । इतिहास तथ्यमा हुन्छ । उहाँहरू जस्तै बुद्धिजीवी, लेखक, पत्रकारहरूमा रहेको भ्रम तोडन बाइबल र माओवाद जस्तै बिपि, बाइबल र काँग्रेस पुस्तक लेखिएको हो ।
३) जहाँसम्म प्रचण्ड बारे उहाँको टिप्पणी छ न उनी कम्युनिष्ट हुन् नत अरु । उनित दरबार हत्याकाण्ड गराउने प्रज्वल शमसेरका कारिन्दा मात्रै हुन् ।
४) उहाँले दिपेन्द्रले दरबार हत्याकाण्ड गराए भनेर महानिशा लेखे जस्तो पनि होईन इतिहास । केही समयलाई मनोरन्जन त त्यस्ता औपन्यासिक पुस्तकले देलान् र भ्रमपनि रहला तर सत्य सत्यनै हुन्छ, इतिहासले गलत प्रवाहलाई धिक्कार्दछ ।
५) दीपेन्द्रले गरेको होईन दरबार हत्याकाण्ड । नारायणीहिटि हत्याकाण्ड पुस्तक दोस्रो सस्करण आउँदैछ । पहिलो सस्करणका कमि कमजोरी सच्याउँदै तथ्यको नजिक पुग्न केहि ब्यक्तिको अन्तरबार्ता र थप इभिडेन्ससहित तथ्यको नजिक पुगिनेछ ।
६) भ्रमपूर्ण इतिहास तोड्नै पर्दछ । त्यो हाम्रै युगमा सम्भव छ । गलत लेख्नेलाई जो सुकै होस इतिहासले दुत्कार्ने छ ।
जन्म सँगै मृत्यु छ । बाँकी रहन्छ तपाईंको कर्म । के गरिएको छ त्यो आफ्नो आत्मासँग झुट बोल्न सकिँदैन । आत्मासँग झुट बोलेर गरिएका कर्मले मृत्युपूर्वको ४० सेकेन्ड निकै पिडादायी गराउनेछ । पुनःजन्म त्यहीँ कर्मको आधारमा हुनेछ भन्ने हामी वैदिक सनातनी हिन्दूहरू र बौद्धहरूको पनि मान्यता छ ।
७) इतिहास साक्षी छ, सुबर्ण शमसेरले २०१८ सालमा महेन्द्रको हत्या गर्न दुर्गानन्द झालाई प्रयोग गरे । भिडले सहिद भन्दैमा लेख्दैमा उनी सहिद होइनन् अपराधीनै हुन् ।
८) २०३२ सालमा राजा बिरेन्द्रको हत्या षड्यन्त्र बिराटनगरमा भएकै हो काँग्रेस र बिपि कोइराला इन्दिराकै डिजाइनमा बिरेन्द्रको हत्या गर्न खोजेकै हुन् । प्रमाण र आधार सहित बीपी, बाइबल र काँग्रेस पुस्तकमा उल्लेख छ ।
९) २०३० सालमा रअ को योजनामा प्लेन अपहरण गरेर पैसा लुट्न बिपि कोइरालाकै सल्लाहमा गिरिजाप्रसाद कोइरालाले काम गरेका थिए । यसकारण देवप्रकाश त्रिपाठी दाजुहरूको बिपि राष्ट्रवाद राणा राष्ट्रवाद उहाँहरूले उल्लेख गरेजस्तो होईन ।
१०) सत्य तितो र तितो यथार्थ हुन्छ । यो बीपी, बाइबल र काँग्रेस पुस्तक अहिलेको भिडलाई नपच्ला तर मलाई बिश्वास छ इतिहासमा यसले भ्रम तोड्नेनै छ ।
११) नत अहिलेका कथित पश्चिमा शिक्षाका अनुयायीले भनेजस्तो बिपि को साहित्य हो । बिपि कोइरालाको कथित साहित्य नेपाली हिन्दू धर्म सस्कृती विरुद्ध बाइबलको कपि गरिएको औपन्याशिक शैलिमा बाइबल कपि हो । त्यो कुनै साहित्य होईन ।
१२) नत देवप्रकाश त्रिपाठीजि जस्ता पत्रकार, फण्डिङ बुद्धिजीवी र भिडले भनेजस्तो काँग्रेस प्रजातान्त्रिक पार्टी हो । काँग्रेस प्रजातान्त्रिक पार्टीनै होइन । २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने काँग्रेस हो ।
१३) २०१५ सालमा योगि नरहरिनाथको कर्मवीर महामण्डललाई प्रतिबन्ध लगाउन दवाव दिने काँग्रेस हो । राजा महेन्द्रले त तेस्रो पटक अहिलेको युक्रेनको जेलेन्स्कि मोडेलमा जान रोक्न तेस्रो पटक पार्टीमाथि प्रतिबन्ध लगाएका हुन् ।
१४) यसकारण यहाँका फण्डिङ पत्रकार र बुद्धिजीवीहरूले लेखे जस्तो भनेजस्तो राजा महेन्द्र तानाशाह होइनन् ।
१५) नत राजा महेन्द्रको स्वाभाविक मृत्यु हो, उनको मृत्यु होइन संविधान संसोधन गरेर दलिय ब्यवस्था दिन खोज्दा गरिएको हत्या हो ।
१६) महेन्द्रकै हत्याको निरंतरता हो २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड र २०६४ जेष्ठ १५ को गणतन्त्र घोषणा ।
१७) फरक केहो भने कोटपर्बमा देशभक्तहरूको हत्या गर्दा जंगबहादुर राणा थिए भने २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड हुँदा उनकै उत्तराधिकारी प्रज्वल शमसेर जबरा ।
नेपालको आवश्यकता कर्णेल गद्दाफी, आयतोल्लाह खुमेनी या महेन्द्रजस्तै शासकको हो । जंगबहादुर, बिपि जस्ताको होईन ।
राजा र हिन्दू आवरणमा असल गणतन्त्रबादीहरू
एकजना मित्रले भन्नुभयो राजा र हिन्दूआवरणमा आएका गणतन्त्रबादीलाई कसरी चिन्ने ? राजाको कुनै बाद छैन । यहाँका जर्जसोरोस जस्ता सिआइए एजेन्ट र इन्डियन खुफिया एजेन्सीका तलबी पत्रकार र बुद्धिजीवी नामक अनुचरहरूले निर्माण गरेको भाष्य हो राजावाद । राजाको आवरणमा देखिने देशी–विदेशी एजेन्सीको मिसनलाई राजाबाद भनेर तिनै पत्रकार आवरणमा रहेका बौद्धिक बेश्याहरूले भाष्य निर्माण गरेका छन् । राजाको कुनै वाद छैन तर राजा र हिन्दूआवरणमा रहेका नेपाल बिरोधिहरूलाई यसरी चिन्नुहोस् ।
१) राजात हृदयन्द्र भएपनि चाहिने रहेछ । यो भनेको कमजोर पात्र खडा गरेर अमेरिकी गोर्खा रेजिमेन्ट्को सुरक्षाकवज बनाउने योजना हो । जुन सुरक्षानिकायले २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्डको जिम्मेवारी हाम्रो होईन भन्यो त्यहीँ राजा बिरेन्द्रको कत्लेआम गर्नेहरूनै हुन् अहिले हृदयन्द्र भएपनि राजा चाहियो भन्नेहरू । राजा र हिन्दू आवरणमा बजारमा देखिने हृदयेन्द्र राजतन्त्रबादीहरू अमेरिकी एजेन्सी सिआइएको एजेन्डा बोक्ने अनुचरहरू हुन् । तत्कालीन प्रधानसेनापती कटवाल र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गरेको यो एजेन्डा राजा ज्ञानेन्द्रले अश्विकार गरेको बासी एजेन्डा हो । अहिले यस्तो एजेन्डामा सौरभ लगायत बुद्धिजीवीहरू पनि देखिनु भएको छ । उहाँले बिम्बको रूपमा उदाहरण दिएको पनि हुनसक्छ ।
२) अर्कोथरी छन् सास्कृतिक भए पनि राजा त चाहिने रैछ । अधिकारबिहिन भए पनि राजा चाहियो । गणतन्त्र घोषणा पूर्व डा. बाबुराम भट्टराईले कान्तिपुरको इन्द्र लोहनीलाई दिएको बहस कार्यक्रममा इन्डियन मोडेलको यो एजेन्डा बोलेका थिए । यस प्रकारका राजतन्त्रबादीहरू भारतीय खुफिया एजेन्सी रअका अनुचरहरू हुन् । यिनिहरूको नसो नेपालभित्र राजा बिरेन्द्रको सुरक्षा जिम्मेवारी हाम्रो होईन भन्ने अमेरिकी गोर्खा रेजिमेन्टसँग जोडिएको छ ।
३) गिरिजाप्रसाद कोइरालाले राजेश्वर देवकोटालाई प्रधानमन्त्री समर्थन गरेको पाँचबुदे हस्ताक्षर दरबारमा बुझाउँदा उनलाई रोकेर गिरिजालाई दिल्ली पु¥याउने को हुन् ? तत्कालीन शभामुख तारानाथ रानाभाटको भैसकेको प्रधानमन्त्रीको सहमति राजाले भन्दै नभनेको सभामुखको राजिनामा मागेर भाँड्ने राजदरबारका तत्कालीन प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन असली गणतन्त्रबादी हुन् ।
४) ७ दल र माओवादीको आन्दोलन चर्को नहँुदासम्म महाराज सबै ठिक छ नियन्त्रणमा छ भन्ने तत्कालीन राजाको क्याबिनेटका गृहमन्त्री कमल थापा र तत्कालीन प्रधानसेनापती प्यारजंग थापाहरू असली गणतन्त्रबादी हुन् ।
५) राजालाई थाहै नदिइ शेरबहादुर देउवालाई घरैबाट गिरफ्तार गराउनेहरू को हुन् ? तिनीहरू असली गणतन्त्रबादी हुन् ।
६) तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले दरबारसँग निकास खोज्न वामदेव गौतमलाई आग्रह गरेपछि वामदेव गौतमले १४ पटक भेट गर्न आग्रह गर्दा रोक्ने टिका धमाला जस्ताहरू असली गणतन्त्रवादीहरू हुन् ।
अहिले बजारमा यिनै असली गणतन्त्रबादीहरू राजतन्त्र र हिन्दूको आवरणमा देखिएका रावण रुपि साधुहरू हुन् । अपवाद केशरबहादुर बिष्टको समूह बाहेक बजारमा देखिएका कथित राजतन्त्रबादी र हिन्दूआवरणमा देखिनेहरूको आ–आफ्नो उद्देश्य रहेको छ ।
६) यसकारण सडकमा देखिएका नौटङ्किहरूको बहकाउमा राजा देखिँदैनन् । राजा त उनलाई गाली गर्नेहरूको पनि हो । राजाको कुनै वाद छैन । नेपाल एकीकरणको लिगेसी हो । सेनाले कम्बोडिया र अफगानिस्तानमा जस्तै बिदेशीको आडमा बेइमानी ग¥यो गयो ।
७) फरक केहो भने राजा ज्ञानेन्द्र कम्बोडियाका राजा नरोद्दम सिम्हानुक जस्तो चीन निर्बासनमा गएनन्, नत अफगानिस्तानका राजा जाहिर शाह जस्तो साउदी अरब निर्बासनमा गए । राजा ज्ञानेन्द्र इरानका राजा शाहजस्तै अमेरिका निर्बासनमा पनि गएनन् । अहिले ऊनी नेपालमै रहँदा पनि नेपाली आवरणमा रहेको अमेरिकी गोर्खा रेजिमेन्टलाई टाउको दुखाइ भएको छ । यो अफगानिस्तान र कम्बोडियामा जस्तै विघटन उन्मुख छ । यो अवस्थामा कुनै पनि समय भुराजनिती शक्तिसंतुलनको लागि एकीकरणको लिगेसीको भुमिका देखापर्ने हुनाले बिरेन्द्र हत्याकाण्डको सुरक्षा जिम्मेवारी नलिएको केन्द्रले दलाइ लामा बनाउन राजतन्त्र र हिन्दू आवरणमा बितण्डा मच्चाउन खोजिरहेका छन् ।
८) यसकारण असली गणतन्त्रबादी राजाको वरिपरि नै छन् । सबैभन्दा खतरनाक देशद्रोहिहरू साधारण समर्थक बाहेक राजा र राष्ट्रबादको आवरणमा रहेका छन् ।
९) यिनिहरू अहिले पनि राजालाई दलाइ लामाजस्तै बनाउन खोजिरहेका छन् । महाराजधिराज तपाईंकै वरिपरि असली गणतन्त्रबादीहरू छन् । केही दिन पूर्व दलाइ लामाको फोटोमुनी लैजानेहरू यस्तै मिसनका राजतन्त्र आवरणमा रहेका गणतन्त्रबादी हुन् ।
१०) रअको मिसनमा महेन्द्रको अर्को छोरा थिए उनी विरेन्द्र भन्दा जेठा हुन् भन्दै अहिले वाहियात अन्तरर्बार्ता दिने भरत जंगमजस्तै राजतन्त्रबादीहरू अहिले बजारमा छ्यापछ्याप्ति छन् ।
महाराज यिनिहरू को हुन् ? यिनलाई बिश्वास गर्नु र माघ १९ बिस २०६१ को कदम चाल्दाको समयका कमल थापा, प्यारजंग थापा, सहबिर थापा, पशुपतिभक्त महर्जन, टीका धमलालाई बिश्वास गरेर गणतन्त्र ल्याए जस्तै हो । अबको यिनिहरूको मिसन महाराजलाई दलाइ लामा बनाउने हो । महाराजको लागि प्रचण्ड, केपी ओलि, शेरबहादुर देउवा बाधक होइनन् तपाईकै वरिपरिको जासुसी गिरोह बाधक छ ।
११) शेरबहादुर देउवा, केपी ओलि, महेश बस्नेत, नेत्र बिक्रम चन्द, योगेश भट्टराई आदि नन्दप्रसाद अधिकारीको लास जलाउन नसक्ने गणतन्त्रका चर्का अनुयायीहरू त राजा बिरेन्द्रको हत्याकाण्डको समयमा हाम्रो सुरक्षाजिम्मेवारी होइन भन्ने अमेरिकी गोर्खा रेजिमेन्टका असली बफादार घरपालुवा पात्र न हुन् ।
१२) आन्नपूर्ण होटलमा गाडी राख्ने र म त भित्र मुमा बडामहारानी भेटेर आएँ भन्ने रमेशनाथ पाण्डे जस्ता ठग उनी पशुपतिभक्त महर्जनका क्लासका साथि । महाराज सबै ठिक छ भन्ने काम अमेरिकी एजेन्सी सिआइएको गर्ने राजतन्त्रबादी असली गणतन्त्रवादी हुन् ।
१३) राजा महेन्द्रले अमेरिका पढ्न पठाएर ल्याइएका भेषबहादुर थापा उनकी छोरी मन्जुश्री थापा जस्ता इन्डो÷पश्चिम्को जासुसी गरेका पात्रहरू असली गणतन्त्रवादीहरू हुन् । होशियार ! समस्या देउवा, ओलि र प्रचण्ड होइनन् । राजा आउ देश बचाउ भन्नेहरू हुन् ।

सम्बन्धित समाचार