Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमाउने राजनीतिमा मिलिजुली सरकार

राजनीतिक आस्था र सिद्धान्तको बाटो त्यागेर स्वार्थको गठबन्धनले मुलुकका जनताले दलका नेतालाई ०५१ सालको जस्तै किनबेच र मोजमस्ती गर्दै राष्ट्रको राजश्व लुट मच्चाउने बाटो खोलिदिएका छन् । दलहरू एक्लाएक्लै चुनावमा गएका थिए भने कुन दलको हैसियत कति छ त्यसको ज्ञान हुन सक्थ्यो । तर एकले अर्को गठबन्धनको विरोध गर्दा क्रिश्चियन ठेकेदारदेखि पूर्व राजाका कठपुतलीसम्म बोक्ने काम कम्युनिष्ठ नामको नेकपा एमालेबाट भयो ।
समृद्धि र विकासको कुरा कागजमा लेखेर कार्यान्वयनमा आउँदैन । मुलुक वैदेशिक ऋणले थलिएको छ । विकासका योजनाहरू अलपत्र छन् । भ्रष्टाचार नै पार्टीका सिद्धान्त भयो, लक्ष्य कमाउनु हो । आज कम्युनिष्ट र काँग्रेसका कुरा चर्का छन् कामको नाममा किसानलाई मल दिइएको छैन । यो सरकारले समेत कम्युनिष्ट पार्टीको नाममा पछाडि वादी जे जे भए पनि नेताको चरित्र भने सफल भएन । सादा जीवनका धनी मसालका चित्रबहादुरलाई केपी ओलीले गरिबी निवारण तथा सहकारी मन्त्री बनाए । उनकै समयमा गरिबी पहिचान गराउन शहकारी अन्तर्गत विभाग नै बनाइयो । त्यसको कामले कतै पनि प्रभाव देखिएन । संसदको बनोट मिलिजुली छ । ठूला ३ मध्येका काँग्रेस र एमाले मिलेर सरकार बनाउनेमा देखिँदैन । अस्थिरताबाट दिक्क भएर नै संविधानमा दल विभाजन गर्न कठोर नियम राखियो । तर कम्युष्निटले नै आफंै बलियो भएर पनि अर्काको दल फुटाउन चालेको कदम भत्र्सना योग्य बन्यो । तैपनि प्रधानमन्त्री पदकका लागि लड्न लाज भएन । जहाँ भ्रष्टाचार छ भनियो त्यहाँ प्रधानमन्त्रीकै हस्तक्षेप भयो । देश कता गयो सबैले छर्लङ्ग बनाएका हुन् । नयाँके चुमचुम धेरै चल्दैन । समाज रूपान्तरणको कुरा लोकतन्त्रको लक्ष हो । गणतन्त्रको संस्थागत विकास गर्ने कुरा प्रदेशका सरकारले पनि योजनागत रूपमा केही ल्याएनन् । ओली मातेर संविधान मिचे, सर्वोच्चले ओलीका कमलाई अवैधानिक भन्यो । तर ओलीको हुँकार र दम्बको प्रतिकार गर्न कसैले चासो लिएन । ओलीकै तानाशाही कदमको शिकार देश भयो । झण्डै दुई तिहाईको सरकार क्षणभरमै खरानी हुँदा समेत गल्ती स्वीकार गर्ने साहस भएन । उही चरित्र, उस्तै स्वभावले बहुमत माग्न जनतामा जाँदा ४४ सिटमा थन्किएको छ । उसैले अरुलाई खरानीको डल्लो भन्न भ्याएको छ । नैतिक रूपमा यो लज्जाको विषय हो ।
काँग्रेसबाट देशले गति लिन सक्दैन भन्ने कम्युनिष्टले नत गति दिए, नत मति देखाए । वैदेशिक ऋण बढाउने नीतिगत लुटको भारी कम्युनिष्ट त्यो पनि केपीको संरक्षणमा भयो । अख्तियार भन्दा ठूलो सर्वोच्चभन्दा माथि कानुनको खिल्ली उठाउन सफल भारदारहरूका पिताले एक्लै बहुमत ल्याउँछौं भन्दै कुर्लंदा ७९ सिटमा खुम्चिनु परेकोमा कति पीडा हुँदो हो । भन्न भएन आफ्ना डाम्नामध्येका ईश्वर, अग्नि, महेश, शेरधन, भानुभक्त, शंकरहरूलाई जनताले लोप्पा दिँदा गोकुल र सूर्य थापाहरूको महत्व त्यहाँ आउनेछ । जसले कम्युनिष्टको बदनाम ग¥यो उसका सारथीले नै सहयात्रीहरूलाई खेदो खन्नु पनि पाच्य थिएन । हिजो आफैंले खेदेका सहयात्रीलाई गुहार्न तिनैलाई प¥यो जसले ४१ महिनाको शासनमा जनभावनाको कदर गरेन । चुनाव गराउन काँग्रेस नै चाहिन्छ । कम्युनिष्ट पार्टीले पाएको बहुमत मातेर भत्कायो, सिद्धान्त, नीति, विधि र प्रक्रियाका कुरा हात्तिका देखाउने दाँत भए । आखिर भ्रष्टाचारनै गर्नु छ भने राजनीतिक किन गर्नु ठेक्कापट्टा लिए भएन र ?