Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमिशनको चक्करमा ओलीका सेनामेना

कोरोनाका नाममा दलालहरुको दाउपेच

काठमाण्डौ । कोरोना महामारीले हरेक दिन मानिसको मृत्यु संख्या बढिरहेको छ । राज्यको संञ्चालकहरुलाई भने यो महामारी कमाई गर्ने माध्यम बनेको छ । सरकारकै सेरोफेरोमा चम्किएको कमिशनको चक्करले स्वास्थ्य मन्त्रालयका हाकिमहरुलाईसमेत आतकिंत बनाएको छ । जी टू जी अन्तरगत भारत सरकार र नेपाल सरकार बिच ५० लाख डोज खोप खरिद गर्ने सेरम इन्स्टिच्युटसँग सरकारले सम्झौता गर्न खोज्दा माफीयाहरुले ३२ करोड ४३ लाख कमिशन मागेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ । सो खोपको मुख्य ३ अर्ब ६५ करोड तोकिएको थियो । सम्बन्धित कम्पनिले सरकारको स्वास्थ्य मन्त्रालयसँग गरेको सम्झौता तोडेर प्रधानमन्त्री केपि ओलीका विश्वास पात्र व्यापारीहरु सुरज वैद्य, मोती लाल दुगडले नेपाली जनताको निम्ति राज्यले गर्ने लगानी माथि र्याल चुहाए त्यहाँ थपिए सिसिएमसीका नायक उप प्रम इश्वर पोख्रेल ।

पोख्रेल नेतृत्वको सीसीएमसी भनेको नेपाली जनताको रगत र पसिना लुट्ने संस्थाको रुपमा परिचित छ । अहिले सेरम कम्पनिलाई बाइपास गर्दैै हुकम कम्पनिका बिजय दुगड, अविषेक दुगड, सुुरज वैद्य, रितुसिहं वैद्य, जस्ता दलालहरुको कम्पनि हुकमसँग भ्याक्सिन खरिद गर्न बालुवाटार सक्रिय हुन थालेको छ । स्वास्थ्य मन्त्रालयसँग पूरानो सम्बन्ध रहेको भारतको सेरम कम्पनिसँग नेपालले भ्याक्सिन खरिद गर्ने सम्झौता भए पनि त्यो सम्झौता तोड्दै प्रधानमन्त्री केपि ओलीसँग जाडिएका मोति लाल दुगड, सुरज वैद्य, विजय दुगड अविषेक दुगडहरुले हुकम डिस्ट्रव्युसन कम्पनि अगाडि सारेर ५० लाख डोज खोपको ३२ करोड ४३ लाख कमिशन लिने दाँउ रचेका छन् । यो खेलमा प्रमका विश्वास पात्र उपप्रम इश्वर पोख्रेल सीसीएमसीको अध्यक्षको नाताले जाडिन पुगेका छन् ।

पोख्रेल बर्तमान सरकार भ्रष्ट मन्त्री हुन् । उनलाई राष्ट्रिपति द्वार भ्रष्ट शिरोमणिको पद दिलाउदा फरक पर्दैन । सेरमले ४ डलरमा त्रिभूवन विमानस्थलमा ल्याइदिने खोप हुकमले ४.४ डलर प्रस्ताव गर्दा ३२ करोड ४३ लाख मुलुकको राजस्व गुम्ने हो । वर्तमान सरकारलाई जनता र राष्ट्र भन्दा कमिशन चाइएको छ । कानून मिच्ने संविधान च्यात्ने राजनीति निष्ठा र आदर्शलाई ध्वस्त बनाउने काममा लाग्न नेकपा एमालेले स्वीकारेको जनताको बहुदलीय जनवादले बाटोे देखायो कि माफीयाहरुको टोलीले त्यो भने खोजीको विषय छ । २० लाख डोज खरिद गर्दा ९३ करोड ६० लाख खर्च हुँदा १० प्रतिशत कमिशन छुट्याए पनि ९ करोड ३६ लाख राज्यको जान्थ्यो तर हुकमले ५० लाख डोज खरिद हुँदा प्राप्त हुने कमिशनको लोभ बालुवाटार देखि सिहंदरबारसम्मका लुटाहाहरुलाई देखाए ।

प्रति डोज खोप ५.५ डलर प्रस्ताव गरेर १० प्रतिशत कमिशन जोडेर प्रति डोज खोपलाई ६.५ डलरमा डेलिभरि दिने प्रस्ताव गर्ने यो समूहले स्वास्थ्य मन्त्री हृद्श त्रिपाठीलाई समेत सताएको छ । प्रधानमन्त्री केपि ओली यहि समूहको पक्षमा रहेका छन् । उनले हुकमको यो प्रस्ताव फागुन १२ गते स्वीकार गरि २३ गते ३ महिना भित्र सबै नेपालीले खोप लाउन पाउने घोषणा गरेका थिए । अहिले आफ्नै पद धरापमा पर्दै गएपछि प्रम ओली कोरोना महामारीलाई पन्छाउदै नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाको हबेलीमा शरण लिन पुगेका छन् । नेपालका निम्ति खोप जहाँबाट ल्याए पनि जी टू जी प्रकृयाबाट ल्याउन सके कमिशन खोरहरुको मुखमा ताला लाग्दथ्यो । तर यहाँ कमिशन खानका निम्ति खोप नदिदैँ भुक्तानी खोज्ने दलालहरु खडा भएका छन् । नेपालको विकाश निर्माण कार्यमा नितिगत लुट मच्चाउदै आएको बर्तमान सरकारका अगुवा नै सत्यतथ्य भन्दा हावामा दौडिन्छन् भ न्ने कुरा कोरोनाको खोप भित्र्याउन चालिएको गलत नजिरले छर्लङ्ग बनाएको छ ।

बालुवाटारसँग जोडिएकमा दलहरुले जी टू जी प्रकृयालाई रोकेर विचौलिया प्रवेश गराएपछि स्वास्थ्य मन्त्री र प्रधानमन्त्री बीच अहिले बोलचार बन्द छ । माफीयाहरुको स्वार्थमा राज्यका शासकहरुपरिचालन हुँदा देशको राजस्व खर्च हुने माफीयाले कमिशन खाने जनताले पिडा भोग्न्ु पर्ने अवस्था रहन्छ । जुन अवस्था अहिले भारतसँग खरिद गर्न तयार गरिएको कोरोना भ्याक्सिनमा देखिएको छ । अब जनताले सरकारबाट कोरोना भ्याक्सिन पाउँछ भन्ने विश्वास रहेन ।