Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्बोडियामा पक्राउ परेका सहकारी ठगलाई नेपाल ल्याइने

काठमाडौं । मितेरी सहकारी ठगीका आरोपित ज्योतीबहादुर भण्डारीलाई केहीदिनमै नेपाल ल्याइने भएको छ। कम्बोडियामा अर्कै मुद्दा खेपिरहेका भण्डारी त्यहाँबाट छुट्न लागेको र छुट्नासाथ नेपाल फर्काउने तयारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ। सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिसकिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योती गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्। भण्डारी भने केही महिना पहिले नै कम्बोडियामा पक्राउ परेका थिए। उक्त मुद्दामा छुट्न लागेकाले इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ। यसअघि कांग्रेस उपसभापति गुरुङसँग पनि दुई पटक सोधपुछ गरेको थियो। गुरुङले पनि मितेरी सहकारीबाट ऋण लगेको भेटिएको छ। सहकारीमा ब्याज पनि उनले तिरेको भेटिएपछि प्रहरीले सोधपुछ गरेको थियो। तर गुरुङले भने सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको र ज्योती गुरुङसँग पनि सम्बन्ध विच्छेद भइसकेको बताएका थिए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल