Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्टको दौरामा धतुरेहरूको रजाँइ

श्रमशक्तिलाई उत्पादन र उद्योगसँग जोडनु पर्ने कम्युनिष्टको नीति कार्यान्वयन नेकपा एमाले गर्दैन् । मौजुदा पूँजीको संरक्षण गर्ने कम्युनिष्टले हो जसले पार्टीलाई सामुहिकता संचालन गर्छ । कम्युनिष्ट सिद्धान्तले केन्द्रीयता भन्दा सामुहिकतालाई जोड दिन्छ । तर नेकपा एमाले लामो समयसम्म संसदीय अभ्यासमा रमाउँदा कहिले राप्रपालाई राष्ट्रवादी बनायो कहिले राजाले खोसेको संसदीय व्यवस्थामा काँग्रेससँग मिलेर वर्गियता केहि होइन सत्ता प्रमुख ठान्ने शक्ति भयो । त्यस्तो शक्तिभित्र केपी ओलीको हैकमवाद लतारिएको छ । माओवादीले जनताको अपेक्षा पूरा गर्न संघियता गणतन्त्र समावेशीताको मुद्धामा एक भएकाले पार्टी एकता गर्यो ।
त्यो एकता एमालेका केपी ओलीलाई जरुरी थियो । उनको अपेक्षा कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने थियो । समयले ओलीको आश पूरा ग¥यो । दूई पार्टीको मोर्चाले १७४ सीट प्राप्त गर्यो । १० सीट थप भएको थियो भने दूई तिहाई हुन्थ्यो । तर केपी ओलीलाई सत्ता वाँदरको हातमा नरिवल भयो । उनले पार्टीलाई वाईपास गरे । सुण्ड मुसण्ड भ्रष्ट र विचौलियाको कुरा सुने । तर समकक्षी नेताका राम्रा सुझाव लत्याए । युवराज एमालेको क्याडर थिएनन् । उनले मौका पाएको कारण के ? जीवन भर मण्डले डा. युवराज खतिवडा जस्ता पात्र अर्थमन्त्री भए । उनले गरिव होइन राजस्व छल्ने अग्रवालहरूको सेवा गरे । देशको यस्तो दूर्गति ल्याउन डा. खतिवडाको ३ कार्यकालको बजेट दोषी छ । तर केपीका लागि तीनै प्यारा भए । हिजो एमालेलाई सफल बनाउने कार्यक्रमका योजनाकारहरू डा. खतिवडाका लागि अपच्य भए । प्रमको तहबाट केपीले ९ महिने सरकारको ढाँचा अनुसार चल्न अर्थमन्त्रीलाई निर्देशन दिन सकेन । पाठ्य पुस्तकमा कर लगाउने विद्युतीय गाडी प्रवेश हुन नदिन पेट्रोलिय वस्तुको आयात वढाउने विद्युतको उपयोगमा जोड नदिने थाङने अर्थशास्त्रीका कारण ओली सरकार बदनाम थियो ।
केपीकै दम्व र अहंकारले कम्युनिष्टहरू टुटफुट भए । उनले माओवादीलाई मात्र खेदेनन आफ्नै एमालेका संस्थापकहरूलाई समेत टिक्न दिएनन् । वरु राष्ट्रपति कार्यालयलाई वालुबाटारको इकाई बनाउन बाँकी राखेनन् । ओलीका लठैत बन्न पुगेर माओवादीको वदख्याँइ गर्ने रामबहादुर थापा टोपबहादुर रायमाझीको ताल देखियो । ६५ प्रतिशत कम्युनिष्टको जनमत भएको देशका कम्युनिष्टहरू काँग्रेस राप्रपा र रास्वपाका लोकतान्त्रिक बन्न रहर गर्दै छन् । जनताले दलका चोर नेताको चरित्र सुध्रियोस भन्ने ठानेर ०७४ सालमा बहुमत दिएकै हुन् । तर त्यो वहुमत केपीलाई राजा बन्नु थियो भए, पार्टी फुटाए, जन अपेक्षामाथि तातो पानी खन्याएकै हुन् । अहिले केपी नक्कली भुटानी शरणार्थी काण्डका नायक टोपबहादुर रायमाझी प्रहरीले मक्राउ गर्ने पूर्जी काटदा बचाउनमा लागेका थिए । तर त्यो सम्भव हुने कुरै थिएन ।
एकाधिकारवादले ग्रस्त नेकपाका दूई जना पाइलटले जाहाज हाक्ने भनेकै थिए । तर त्यो जहाजका एक पाइलट लुटेको लुटै अर्काले टुलुटुलु हेर्नु पर्ने बनाइयो । जनताको वकालत भन्दा ओम्नि, हुकाम, बतास, थामर्सूकू ओलीका मित्र भए । कम्युनिष्ट पार्टीको चरित्र भनेको माफिया र तस्करको पहिचान भयो । वामपन्थीको सरकार नत अव बन्छ नत जनताको अपेक्षा पूरा हुन्छ । सत्ता स्वार्थलाई ध्यानमा राखेर बनेको नेकपाको सञ्जालले प्रमलाई वलियो पार्टी प्रमको छाँया बन्न पुग्यो । केपीकै कारण नेपालको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भो । माओवादीबाट मोहन वैद्य नेत्र विक्रम चन्दको डुक्राइले माओवादीको मुलधार घटेन । अन्तत उपाय नलागेपछि वादल मुल घर फर्केका हुन । कम्युनिष्टहरू एकता र विभाजनका लागि जसरी तयार हुन्छ त्यो रुपमा जन सरोकारमा ध्यान दिन्छन् भन्ने पनि भएन । कम्युनिष्टका लागि नेपाली माटो उर्वर हो । जहाँ गरिवी र अशिक्षा छ त्यहाँ कम्युनिष्ट बढ्छन् भन्ने पनि अव भएन । यीनलाई लोप्पा दिदै सिद्धान्त नीति कार्यक्रम समेत लुप्त रहेको अमेरिकी साम्राज्यवादको गोटीले उप चुनावमा पाएको मतले अरुलाई भन्दा केपीलाई झस्का दियो । उनले जित्नका लागि उम्मेदवार बनाएनन् ।
कम्युनिष्टले मात्र देशको विसंगति हटाउन भन्ने पनि भएन । चरित्रगत रुपमा कम्युनिष्टहरूको चाल परिवारवाद गुटवाद आफन्तवादमा चुर्लुम्व भएको कुरा माओवादीका प्रचण्ड र एमालेका केपी नै प्रमाण हुन । स्व. पूष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते भारतको कोलकत्ताको श्याम बजारमा घोषणा गरेको नेकपा सस्थापक वाँकी छैनन् । उनीहरूको सोच कम्युनिष्टले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छन् भन्ने थियो । तर अहिले ज्यानमारा भ्रष्टलाई छानेर चुनावमा टिकट दिएर चुनाव पनि जिताएर कानूनी फन्दामा पर्ने अवस्था आएको छ । यो वेला देशमा अराजकता वढेको छ । कम्युनिष्टको दौरामा कम्युनिष्ट नै नष्ट गर्ने केपी ओली जस्ताबाट मुलुक वन्ने आश छैन् । हावाका योजना फैलाएर स्वार्थ पूरागर्ने धतुरेहरूबाट जनताको
भावना पूरा हुदैन् ।