Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट भनेर गर्व गर्ने ठाउँ खै ?

समयको पावन्दीमा फसेपछि मान्छले आफ्ना विगतका पीडा जस्तै पीडाबाट आएका सहयात्री पाउँदैन । अवसरवादले सबैतिर गाँजेको छ । त्यही कारण पदको सुरक्षा स्वार्थको राजनीतिले गर्छ । नेपाली वामपन्थीहरूले सिद्धान्त त्यागेका छन् । नीतिगत कार्यशैली बदलेका छन् । डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल अहिलेको स्वार्थगत राजनीतिको चपेटामा छन् । नेता धान्न यिनलाई कठिन छ । किनकि स्वार्थको खेल चम्केको बेला नेता धान्न कठिन हुन्छ । सिद्धान्त र नीतिले राजनीति तिखार्छ । सिद्धान्त र नीति नहुँदा सबैतिर बिगार्छ । आज नेपालका दलहरूमा भएको त्यही हो । काँग्रेससँग धेरै आश हुन्न । किनकि काँग्रेसले ०४६ को परिवर्तन निर्विकल्प ठान्यो । देश पञ्चबाट खोसेर सत्ताको रजाई गर्दा काँग्रेसले धेरै बिगा¥यो । त्यहाँ कम्युनिष्टको नाममा एमाले जस्तो धुर्त समूहले बिग्रेको सपार्ने आँटै गरेनन् । बेरोजगारी बढाउन उद्योग, कारखाना बेचेको र केही बन्द गराएको काँग्रेसले तिनै राजस्वमारा भ्रष्टाचारीलाई साथ दियो जो आज बाँसबारी छाला जुत्ताको जमिन नेपाल बिटुमीन आयल लिमिटेडको जग्गा कब्जा गर्नेमा दरिए ।
काँग्रेसकै लहर देखेका माधव नेपाल, डा. बाबुसराम भट्टराई देशको प्रधानमन्त्री भएकै हुन् । यिनको समयमा पनि देशले कतै प्रगति गरेन । पूर्व प्रमका नाताले गवत साता यिनले उद्योगपति, व्यापारीको मञ्चमा ठाउँ पाएका थिए । यिनले चर्कैै बोले । बोल्न सजिलो छ, यिनै प्रम बन्दा भ्रष्टाचार घटेको थिएन । मञ्चमा अर्थमन्त्री पनि थिए, प्रधानमन्त्री हुने नै भए । प्रचण्डलाई कजाउने मुखिया केपी ओली नहुने कुरै भएन । उद्योगपति बेइमान छन् । नाफा कमाउँछन् राज्यर्ला कर तिर्दैनन् । विद्युत प्रयोग गर्ने महसुल नतिर्ने सरकारलाई उपदेश दिने आफू आफ्नोे नैतिकतामा नबस्ने धेरै छन् । आजको राजनीति दर्शन र सिद्धान्तमा छैन । स्वार्थ, कमाउ धन्दाका पारखीहरूले देशको नेतृत्व लिँदा जनताले जे पायो त्यही नै गणतन्त्रको उपलब्धी बन्यो । माधवका व्यापारी र ठेकेदार सांसदलाई पार्टीमा टिकाउन दश सिटेलाई मुख्यमन्त्री चाहिएको छ । पाएसम्म सबैलाई मन्त्री चाहिएको छ । पार्टी फुटाएर काँग्रेसको सारथी बन्दा उपलब्धी खोज्ने झलनाथ पनि थन्केका छन् ।
डा. बाबुराम र माधवको पीडा एउटै हो । झिंगे पार्टीका दुई अध्यक्ष २ महासचिव राखेर हैसियत बराबर राख्ने तर एकता प्रक्रियामा बाबुराम अटाउन नसक्ने हुँदा उनका सांसद माओवादीकै लाइनमा गएका छन् । चुनाव माओवादीको चिन्हमा लड्ने तर अस्तित्व नेपाल समाजवादी पार्टीको खोज्ने सन्दर्भ मिल्दैन किनकि डा. बाबुरामको पार्टीले आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने आँट गरेन । श्रीमती हिसिला यामीको नेवारी करणले बदनाम हुँदै जाँदा एसियाकै भ्रष्टचारीका रूपमा प्रचार गराइए । त्यसको प्रतिवाद गर्नका लागि बाबुरामसँग आँट भएन ।
काँग्रेसले बन्द गरेका कृषि औजार कारखाना, चिनी कारखाना, भृकुटी कागज, हेटौंडा कपडा, बुटवल धागो चलाउनको लागि योजन बनेन । कम्युनिष्टले गरिबको कल्याण, किसान र मजदूरको हित गर्ने कुरा कल्पना भयो । दश वर्षे युद्ध लडेर आएको माओवादी पनि केपी ओली, माधव नेपालको यथास्थितिवादमै रमाएको हो । अझ पनि यिनमा परिवर्तनको रेखा छैन । पद र कुर्सीलाई दश सिटे पार्टीले कस्तो महत्व दिन्छ त्यो देखियो । सत्ता भन्दा माधवको पार्टीले संगठन खोज्नु पथ्र्यो । गण्डकीमा नील, लुम्बिनीमा १ सिट कोशीमा चार, कर्णालीमा उस्तै हविगत भएको पार्टीको फुर्ति बागमती र सुदूरपश्च्मिमा कति दिन थेग्छ विचार गरेको खै ?
सत्यको पराजय, अपराधीको जय भन्ने बेला हो यो । देउवा, ओली, प्रचण्ड भनेका अपराधीका रक्षक हुन् भन्ने कुरा यिनका दैनिकीले देखाएका छन् । नेपालको राजनीतिमा पुरानो पुस्ता भ्रष्ट, पदलोलुप, स्वार्थी देखियो । यो पुस्ता परम्परागत शासनको रक्षक हो । परिवर्तनबाट आएको माओवादीको संगत भ्रष्ट र माफिया संग त थियो नै सुन तस्करहरूसँग समेत जोडियो । अर्थ मन्त्रालयमा मुसा छिराएर राजश्वको दर पनि जनार्दन शर्माले कटौती गरेकै हुन् ।
एमालेले ९ महिने अल्पमतको सरकारले शुरु गरेका राम्रा पक्ष अनुशरण गरेन । ४१ महिनासम्म केपी ओलीले नेकपाकै अध्यक्षको नाममा सरकार चलाए तर संगत गरे माफिया र दलालको । अर्थ मन्त्रालयमा जनताको दुश्मन डा. युवराज खतिवडालाई दिनु नै एमालेका लागि राजनीतिक घाटा हो । केपीलाई अब पनि लुच्याइँ र फट्याइँ तथा धुत्र्याइ नै मन पर्छ । जसले २ पटक मृगौला फेर्दा देशको ढुकुटीबाट झण्डै १८ करोड कुम्ल्यायो । कम्युनिष्टको नाममा प्रधानमन्त्री बन्दा श्री ५ कै शैलीबाट मुलुकका ५ करोडसम्मका ठेक्का आफ्नै कब्जामा लिएको कुरा मेटेर मेटिँदैन । राजनीतिक जालझेल नै ओलीको दर्शन हो । उनले आफ्नो योजना कतैबाट प्रश्न उठ्न नदिने एक सूत्रीय नीति लिएका छन् । जनताको पेट भोकै छ ओलीलाई भ्यूटावर चाहिएको छ । सम्भव नभए पनि पानी जहाज विभाग खडा गर्ने, पञ्चायतले स्थापना गरेको जनकपुर जयनगर रेल बहुदलले खायो, त्यसको निरन्तरता दिँदा झ्याली पिट्नै परेको थिएन ।