Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली राजनीतिक सिद्दान्त र विचार मात्र होइन कानूनलाई समेत लत्याउदै जाँदा दम्ब र धम्कीलाई प्यारो ठान्ने परम्परा बसेको छ । यो परम्परा पूरा गर्न गुन्डा चाहिन्छ । गुन्डाले विचौलियाको व्यवस्था गर्छ । जुन सुकै दलको नेतृत्व जनपृय हुन खोजे पनि पैसा र पदका निम्ति योगदान हेरिन्छ । त्यही कारण एमालेमा केपि ओली अध्यक्ष भए माओवादीमा प्रचण्ड हुँदै छन् । काँग्रेसमा शेरबहादुर पल्ला भारी छ ।
ओलीले पहिलो कार्यकालमा आफ्ना नन्दी भिरिङ्गीहरुलाई कसरी व्यवस्थापन गरेका रहेछन् त्यो पनि यसै पटक देखियो तर उनी सर्वसम्भव भने भएनन् । जनताको बहुदलीय जनावाद भित्र लुटतन्त्र र भ्रष्टाचार तन्त्रलाई दिएको अभयदानले कति टिक्छ ? आखिर अख्तियार प्रमुख आयुक्त ओली कै निर्देशनमा चल्ने भएपछि ती आयुक्तले आफ्नो कार्यकालमा भएको नेपाल आयल निगमको भ्रष्टाचारमा गोपाल खड्कालाई आरोप लगाएर उम्किनू नौलो भएन । माधव नेपाललाई धोका दिने भिम रावलले एमालेमा ठाँउ पाउने आशा नगरे हुन्छ । ओलीसँग सिगौरी खेल्दा यीनको हविगत यीनैलाई थाहा थियो तर जे जति मत दाताले साथ दिए त्यसको संरक्षण यीनले गर्न सक्नु पर्दछ ।
ओलीको एकाधिकार तोडियो । त्यहाँ भित्र पनि स्थायी समिति पोलीट व्यूरोमा पुग्नेहरुको लडाँइ ओलीके वरिपरी केन्द्रीत छ । ४५ सदस्य स्थायी समिति ९९ सदस्य व्यूरोमा पुग्ने भनेका ओली कै स्तूती गाउनेहरु हुन् । मात्नेहरुले ठाँउ पाउन अब त्यहाँ गाह्रो छ । अबको एमालेबाट कम्युनिष्ट पार्टीको भलो हुदैन । बरु त्यसले कम्युनिष्टहरुलाई सिध्याउने छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल