Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत । परीक्षणको दायरा फराकिलो पारेसँगै संक्रमितको पहिचान बढ्ने गरेको छ । दिनदिनैजसो संक्रमित बढ्ने गरेको छ । कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए । जुम्लाको हिमा गाउँपालिका १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् । त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं। ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ । योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल