Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोराङ गाउँपालिका(७ घर भएका काठमाडौं महानगरपालिका(३ बसुन्धरा बस्ने कमल झ्याप्ले, कमल न्यौपाने भन्ने २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७२ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कमलले २०७१ पुस ३० गते काठमाडौं टोखा नगरपालिका(१३ दिपज्योतीस्थित धादिङ तिप्लाङ(९ घर भएका काठमाडौं गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङको हत्या गरी फरार भएका थिए ।
कमललाई आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार