Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका(२ बस्ने ४१ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस(६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस(१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्‍चात फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका(१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतीका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।