Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्मवीर महामण्डललाई किन लगाए बीपीले प्रतिबन्ध ?

  • मोहन लामा

भर्खरै बजारमा आएको वैदिक साम्यवाद योगी नरहरिनाथ दोस्रो संस्करण महत्वपूर्ण अभिलेखीकरणका साथ प्रकाशन गरिएको छ । पेशलकुमार निरौला र अर्जुन ज्ञवालीद्वारा संकलन र सम्पादनका साथ लेखिएको पुस्तकमा वैदिक राज्यका विषयमा त्रिविवि, सिनास्का, प्राध्यापक पेशलकुमार निरौला र निलकुमार क्षेत्रीको बेजोड विश्लेषण रहेको छ । कम्युनिष्टले धर्म मान्दैनन्, माक्र्सवाद धर्म विरोधी हो भन्नेहरूलाई अर्जुन ज्ञवाली र प्रलेसका उपमहासचिव आरसी न्यौपानेले तर्क, प्रमाण र ऐतिहासिक दस्तावेजसहित प्रहार गरेका छन् ।
वैदिक साम्यवादको आर्थिक, सामाजिक, विषयमा शम्भुहरि बास्तोलाको बेदका आधारमा गरिएको व्याख्या विश्लेषण दर्शनको दृष्टिकोणबाट अब्बल रहेको छ । वैदिक साम्यवाद नै सम्पूर्ण विचारहरू र बादहरूको मूल हो भन्ने विषयमा नेपालको यथार्थ इतिहासका लेखक देवीप्रसाद आचार्यको व्याख्याले पाठकहरूलाई नयाँ जानकारी दिएको छ । २०१५ सालमा सिआइएले खर्च दिएर चुनावमा दुई तिहाई बहुमत ल्याएका बीपी कोइराला र तत्कालिन नेपाली काँग्रेस जो आफूलाई प्रजातन्त्रवादी भन्दछ उसले योगी नरहरिनाथ नेतृत्वको कर्मवीर महामण्डललाई क्रिश्चियनहरूको रणनीतिमा बीपी कोइरालाले प्रतिबन्ध लगाएको कुराहरू पनि समेटिएको छ । यसबाट काँग्रेसको नक्कली प्रजातन्त्रको मुखुण्डो निर्वस्त्र भएको छ । नेपाल एकीकरणमाथि बीपी र पुष्पलालले गरेको हमलादेखि विविध विषयहरू समेटि पुस्तकलाई ऐतिहासिक दस्तावेज बनाइएको छ । योगीको वैदिक साम्यवादलाई जस्ताको तस्तै प्रकाशन गरेर योगी नरहरिनाथको जिवनी र उहाँको अन्तिम अन्तर्वार्ता सिंहनाथ योगी डा. कर्णबहादुर थापाको प्रस्तावना लेखन र संकलिन अन्तर्वार्ताबाट योगीको परिचय पाउन नयाँ पुस्तालाई मद्दत गरेको छ । विस्तृत जानकारीका लागि एक पटक पुस्तक सबैले पढ्नै पर्दछ ।