Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कलंकीका ट्राफिक प्रहरी भन्छन्, कोरोना हटिसक्यो, ट्राफिक प्रहरी प्रमुख भट्टराईको निर्देशन यही थियो ?

काठमाडौं । सडक दुर्घटना कम गर्न मापसे चेकिङ गर्ने काम ट्राफिक प्रहरीले गरेर दुर्घटना कम मात्रै भएन थुप्रैको परिवार भाँडिनबाट पनि जोगएको छ । हो सडकमा मापसे गरेर कुनै पनि चालक ननिस्कियोस् भन्ने हाम्रो पनि चाहना हो । सडकको सुरक्षाका लागि अहोरात्रा खटिने ट्राफिक प्रहरीकै सक्रिएताले अहिले दुर्घटनाका समाचार घटेका हुन् । तर कोरोना कहरसँगै स्वास्थ्य असुरक्षाका कारण बन्द गरिएको ब्रेथलाइजरको प्रयोग कोरोनाको आतंक जारीनै रहेको बेला फेरि शुरु भएको छ ।

बेलुकी भएपछि ब्रेथलाइजर बोकेर बस्ने ट्राफिक प्रहरीले एकपछि अर्को गर्दै मापसे चेकिङका नाममा ४/५ सेकेन्डको अन्तरमा मेसिनमा फुग्न लगाउँदा त्यो सवारी चालक कति सुरक्षित होला ? पक्कै पनि कोरोना आतंकबीचमा ब्रेथलाइजरमा फुग्ने सवारी चालक आतंकित छन् । समाचारदाता आफैं दुई पटक कलंकीमा परेर ती ट्राफिक प्रहरीसँग कोरोना आतंकमा यो चेकिङ सुरक्षित छ भनेर सोध्दा उनी भन्दै थिए, कोरोना हटिसक्यो । साँच्चै ती ट्राफिक प्रहरीले भनेजस्तो कोरोना हटेकै हो त ? सरकारले परीक्षणको दायरा घटाउँदा कोरोना संक्रमित कम देखिएका मात्र हुन्, तर मृत्युको ग्राफ हेर्दा कोरोनाले नेपाललाई छाडेको पक्कै छैन ।

हामीले यही कुरा बुझ्न स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत गणेश श्रीवास्तवलाई सम्पर्क गर्दा उहाँ भन्नुहुन्छ, स्वास्थ्यका दृष्टिकोणबाट यस्तो चेकिङ शतप्रतिशत गलत हो । यस्तो भइरहेको हो भने यो कार्य तुरुन्त रोकिनुपर्छ ।

यही विषयमा हामीले उपत्यका ट्राफिक मशाहाखा प्रमुख एसएसपी जनक भट्टराईलाई सम्पर्क गर्यो उहाँ भन्नुहुन्छ त्यस्तो निर्देशन दिइएको छैन, कागजपत्र चेकिङका बेला डुङडुङ गन्हाएकाहरुलाई मात्रै मेसिन प्रयोग गर्ने निर्देशन दिइएको हो । तर ट्राफिक प्रहरी प्रमुखको भनाई र गराईमा तालमेल मिलेको छैन या एसएसपी भट्टराईको निर्देशन सडकमा खटिने ट्रासिफकले नटेरेका हुन् ? कलंकीमा बसेका ट्राफिक प्रहरीले छानेर शंका लागेकालाई होइन मेसै लाइन लगाएर फुग्न लगाउँछर कसैले प्रतिप्रश्न गर्यो भने कोरोना हटिसकेको जवाफ दिइन्छ ।