Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ : प्रकाश

गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् । प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’
गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश सपुतले २ वर्षअघि काठमाडौमा नै घर किनेका थिए । उनले घर किनेको दुइ वर्षमा नै नयाँ र महँगो कार किनेका हुन् । उनका ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश रु’ सर्वाधिक हिट गीत हुन् । साथै हालै फिल्म ‘परदेशी २’ बाट फिल्ममा अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् । जुन फिल्म छायांकन सकेर प्रदर्शनको तयारीमा रहेको छ । नेपाली सांगीतिक क्षेत्र विस्तारै फराकिलो बनिरहेको छ भन्ने कुरा प्रकाश सपतु लगायतका कलाकारहरुले देखाइरहेका छन् । गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सक्ने अवस्था बनेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल