Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सिद्धान्त, नीति, कार्यक्रम, विचार, सामूहिकता र दर्शन बिनाको सत्ता अराजक हुन्छ । त्यसले विकासे रटान जति लगाउँछ तर रफ्तारमा देखिँदैन । जनताले पत्याउँदैन । विचार, सिद्धान्त, नीति र कार्यक्रम बिनाको बालेनवाद अलमलिनुको कारण त्यही हो । यो सरकारको परराष्ट्र नीति पनि छैन । भ्रष्टाचार नियन्त्रण र विकास समृद्धिको रवाफ लगाएर एमालेका केपी ओलीले चलाएको हैकमवादकै वरपर बालेन्द्र सरकार घुमेको छ । यो सरकारले जनतालाई विश्वास दिलाउन नसक्नुको कारण त्यही विचार, सिद्धान्त, नीति र योजना विहीनताको परिणाम हो ।
प्रधामन्त्री बालेन्द्र कुनै योजनाकार होइनन् । र्यापरबाट भएको उनको परिचय र प्रस्तुतीले कुनै राजनीति विचार पक्रन सक्दैन । इञ्जिनियर भए पनि रवि र बालेन्द्रको कसमेटी मिलेन । एउटा अनुहारलाई चेतना र शिक्षा नीतिले गाइड गरेको हुन्थ्यो भने सरकारका योजना सहज हुन्थे । केपी ओली जानेर पढेर नेता भएनन् । मान्छे काट्ने काण्डमा जेल परेका बेला व्यवस्था परिवर्तनको नाउ त्यही जोडिएको हो । उनै माओवादीलाई हत्यारा भन्छन् । आफू कुन धरातलमा थिए बुझ्दैनन् । त्यही कारण ओलीको छुद्रता र बालेन्द्रको उग्रता मिलेको हो । ओलीले उठाएका कुनै इस्यु बालेन्द्रले चासो नदिनुको कारण ओली सत्तामा स्थानीय तहलाई अधिकार दिन नसक्नु हो । राजनीति भोगाई र व्यवहार जानेर बुझेर कार्यान्वयन नगर्ने ओलीवाद र अराजकताको घैला बालेन्द्रवाद एकै हो । ओली कालमा कालो बजार बेथिति गर्नेसँग मितेरी लगाइयो र बालेन्द्र बादको सडक अवरुद्ध बाढी पहिरो, प्रकृतिक प्रकोप निहुँ भो जनताले चाडपर्व शान्तले मनाउन पनएनन् । होटल तथा पार्टी प्यालेसमा ग्यास पुग्छ जनताले महिनौसम्म ग्यास पाएका छैनन् । आदर्श पिएर र जपेर हुँदैन । खाना पकाउने ग्यास दिन नसक्ने कस्तो सरकार होला । राजनीतिक संस्कार नभएकाहरूबाट चलेको शासनमा मन्त्री नै खुट्टा भाँच्ने भन्छन्, प्रज्ञा जस्तो पदमा पुगेका व्यक्ति काउली बारीमा परस्त्रीसँग सुतेको बताउन लाज नमान्ने धतुरेलाई उपकुलपति बनाइन्छ । संस्कृतिमन्त्री बेजाती महिलासँग यौन सम्बन्ध राख्ने रहर भएको बताउँछन् । यस्ता शब्द बोल्नेले भइपरि आउँदा माननीय खगेन्द्र जस्तै अराजक नहोलान् भन्ने भएन । खगेन्द्रले दलितको एजेन्डा लिएर डलर खेती गर्दै हात खुट्टामा नेल लगाएर जात्रा देखाए । हिजो काँग्रेसी खगेन्द्रमाथि लागेको यौन जन्य अपराध सत्य ठहरिने कानुन नेपालमा छैन । पैसामा बिक्ने कानुनी राज चलाउने चोलेन्द्र र केपी ओलीको दुई तिहाईलाई जित्न बालेन्द्रले छोनका कुटनीतिक जिम्मा दिने तयारी भएका मान्छेको चाल पनि त उदांगो भयो । कस्ता मान्छेले राजनीति नियुक्ति पाएका छन् । कस्ता छन् हाम्रा प्रधामन्त्रीका सल्लाहकार सबै छर्लङ्ग छन् । अदालत शुद्ध हुने ठाउँ छैन । जनताले यस्तै गरुन् भनेर काँग्रेस र कम्युनिष्टहरूलाई खेदेर बालेन्द्रपथ रोजेका होइनन् । बजारमा जानै नसकिने स्थिति छ । कर्मचारी वर्गमा त्राही त्राही छ । समय पुगेका मात्र होइन कतै अवसर नपाएका राष्ट्र सेवक प्रहरी प्रशासनभित्र असन्तुष्टि नै छ । प्रेसमाथि नियोजित आर्थिक नाकाबन्दी छ । बालेन्द्र समूहका मन्त्री सबै एकै प्रकारका छन् । यिनले अर्को पटक जनतामा जाने आँट गर्ने छैनन् । किनकि रास्वपाका ६० प्रतिशत सांसद कुनै न कुनै काण्डमा जोडिएका पात्रा छन् । कानुनी रूपमा छानविन हुँदा यि जेल पर्छन् । तर आज यिनले अनुसन्धान गर्ने संस्था समेत ठाडो शिर लगाउने ठाउँमा छैन । यो सरकार कसका लागि बनेको हो ? भन्ने भएन । सिंहरदबार जलाएर सांसद बनेका मन्त्री पदमा पुगेकाहरूको प्रस्तुती नै पदीय मर्यादा भन्दा फरक छ भने प्रहरी कसका लागि । राजनीति प्रशिक्षण पाएका थिए अनुशासनको दायरामा रहेका थिए भने मन्त्रीको बोली संसदको शैली पनि भद्रतासँग जोडिएको हुन्थ्यो ।
राजनीति गर्नेले विधि, प्रक्रिया, अनुशासन र सिद्धान्तमा जोडिनै पथ्र्यो । रास्वपाको दलगत चिन्तन, शुद्धता र अनुशासनमा थिएन । सत्तामा त्यस्तै गए निर्णय गर्ने ठाउँमा तिनै छन् । तिनले समाज परम्परा, रितिरिवाज, संस्कार छुट्याउन पर्दैन । मनपरी बोल्ने अभद्र व्यवहार गर्नेले पनि छूट पाएको छ भने यस्ताबाट अवसर के खोज्नु ? जनता पीडामा छन् । शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा केबल हुने खानेकै हुने हुँदा खानेलाई ठाउँ नभएको कुरा सुकुम्बासी वस्तीको डोजर आतंक र आधा दर्जनको मृत्यु हो । वंश परम्पराको राजतन्त्र हटे पनि ओलीतन्त्र र बालेनतन्त्रले सिर्जना गरेका समस्याले जनतालाई कतै कुनै सेवा सुविधा दिएन लोकतन्त्र, अधिनायकवादमा चल्छ भने गणतन्त्रले स्थापित गरेका मूल्य मान्यता सुक्छन् । बालेन वाद र ओलीवादको वितण्डाले देश ग्रस्त हुँदा प्राकृतिक वितण्डाले जनता झन् पीडामा छन् । तर सरकार जनताको होइन भ्रष्टाचार, बेथितिको अन्तय भनियो व्यवहारमा चमक छैन । जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीबाट छुट्याउने बालेन्द्र पथ जबसम्म देशमा रहन्छ तबसम्म हुने यस्तै हो । दलालहरूबाट बालेन्द्र पथको हुर्कदो चल्ला जोगाउनुछ ।
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल