Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसको नेतृत्व युवा पुस्ताले लिएपछि त्यो पार्टीका कार्यकर्ता र मतदाताले यस पटक पार्टीकै चुनाव चिन्हमा मत दिदैछन् । चुनवाको उम्मेदवारी दर्ता भएसँगै काँग्रेसको लुसे पुस्ताको सक्रियता हटाएको छ । चुनावका लागि ठूलो धनराशी खर्च गर्दै सुरक्षा संयन्त्र क्रियाशील भइसक्यो । निर्वाचन आयोगले मतपत्र छपाईको काम सक्यो । तर काँग्रेसको पुरानो नेतृत्व एमालेका स्वार्थी अध्यक्षले आफूले पराजय व्यहोर्ने बुझेपछि काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई उचाल्दै संसद पुनस्र्थापनाको प्रस्ताव सर्वोच्चाबाट स्वीकृत गराउने योजना ल्याएका छन् । जेनजी पुस्ताको माग सम्बोधन गरेपछि निर्वाचनको वातावरण बनाउनु पर्ने बेतुकको प्रस्ताव ओलीले ल्याएपछि देउवा मुख मिठ्याउँदै थिए । नेपाली काँग्रेस संसद पुनस्र्थापनाको पक्षमा छैन । अव संसद फागुन २४ पछि मात्रै पुनस्र्थापित हुन्छ भन्ने जवाफ उपसभपाति विश्वप्रकाश शर्माले दिएका छन् । काँग्रेसले प्रत्येक जिल्लाको वस्तुस्थिति बुझ्न केन्द्रीय टिम परिचालन गरेको छ । त्यो टिमले जनता र पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने र स्थानीय क्षेत्रको समस्या केन्द्रीकृत गराउने तयारी गर्दैछ । सभापति गगन थापाको टिमलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई समेत दिएका छैनन् । देउवालाई नेतृत्वसँग नजिक हुन नदिने कृष्ण सिटौला र पूर्णबहादुर खड्का हुन् । उनीहरू नै देउवाका भित्रिया बनेका छन् । तिनै फुर्सदिला पनि भएका छन् । देउवाकै विश्वासी गोपालमान श्रेष्ठले युवा पुस्तालाई घसाए । डा. शशांकले आफ्नो उपस्थिति कतै देखाएनन् । उनको टिमका दिपक गिरी दाङ ३ का उम्मेदवार बनेका छन् । दिपक खड्का नामका भ्रष्टलाई जेनजी आन्दोलनले बदनाम गरेको हो । बालमन्दिर जग्गा प्रकरणमा बदनाम प्रकाशमान सिंह पनि कतै देखिएनन् । उनकै टिमका सबुज बानियाँले विशेष महाधिवशेनको नेतृत्व गर्दा आफू देउवाको पछि लाग्दाको प्रतिफल सिंहले भोगेकै छन् । युवा पुस्तालाई पार्टी नेतृत्व दिन नचाहने शेरबहादुर देउवकै समूहसँग मिलेर जान खोजदा डा. शेखर कोइरालाले आफ्नो निष्ठा र त्यागकै राजनीति सकेका छन् । मोरङ ६ बाट उम्मेदवार बनेका डा. शेखर ४ का गुरुराज घिमिरे, २ का डा. मिनेन्द्र रिजाल आफैं सुरक्षित उम्मेदवार हुन् ।
अनुगमन टोलीले पार्टीको आन्तरिक संरचना पनि बुझ्छ । कार्यकर्ताको गुनासो पनि सुन्छ । निर्वाचनको उम्मेदवारको कार्यकर्ता र जनताको बीचमा सम्बन्ध पनि बुझ्छ । स्थानीय तह र प्रदेशको पार्टीको अवस्था क्रियाशील सदस्यता वितरण र स्वीकृतको विषय जहाँ अधिकार प्राप्त छ त्यहाँबाटै टुंगोमा पु¥याउनु पर्ने पूर्ववत तयारी कहाँ पुग्यो अनुगमन टोलीले बुझ्ने भएको छ । काँग्रेसमा युवा पुस्ताको क्रियाशीलताले विगतमा आफ्नो पार्टीको चुनाव चिन्ह बिर्सेका मतदाता झस्किएको आभाष दिएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल