Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन त १५औं महाधिवशेनमा हुन्छ । तर त्यो नेतृत्वले हिम्मतिलो नेता डा. शेखर कोइराला विरुद्ध महामन्त्री गगन थापा जुुर्मुराएका छन् । थापा महामन्त्री पद पाउन उनै शेखर कोइराला टिममा आएका थिए । अघिल्लो पटक उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्री पदकै प्रतिस्पर्धी थिए । डा. शेखर कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि सभापति शेरबहादुर देउवाको बुख्याचा बनेर डा. शेखर कोइरालालाई असहयोग गरिरहेका छन् । जसले देशव्यापी डुलेर कार्यकर्ताको भावना बुझेर पार्टीको नेतृत्वको दाबी गरेको छ उसैका विरुद्ध लाग्ने यी बुख्याचा समूह आफैं बसोबास गरेको वडामा जनप्रतिनिधि उम्मेदवार बनेको खण्डमा पनि सफल नहुने पात्रका रुपमा परिचित छन् ।
सडकको युवा पुस्ताले नेतृत्वको परिवर्तन खोजेको छ । काँग्रेसको संस्थापनमा मुलुक लुटेर दरबारमा पैसाको चाङ लगाएको देउवाकै सेवामा छ । जेनजी आन्दोलनले नेताको चरित्र उदांगो बनायो । भ्रष्टाचार गरेको सम्पत्ति दरबारमा दाउराको चाङ लगाए झैं थुपार्ने सहकारी गठ र नक्कली भुटानी प्रकरण हुँदै मिजिट भिसाका नाउमा देश लुटेकाहरूलाई जोगाउने काँग्रेसको त्यो संस्थापन सुध्रिन कठिन छ । डा. शेखरको आग्रह जनउत्तरदायी काममा केन्द्रीत थियो । तर ठूलो पार्टी केन्द्रीय समितिमा दुई तिहाई भएको दम्ब सभापति देउवामा चढ्यो । हिजोसम्म कोइराला परिवारको कृपामा नेता बनेका आनन्द ढुंगाना अनुशासन समितिमा बसेर डा शेखर पक्षधर नेता, कार्यकर्ता छानीछानी कारबाही गर्न तम्सिएसँगै आज काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व परितर्वन त भन्छन् तर पाएसम्म आफैं पदको लोभ गर्छन् । पार्टी कार्यकर्ताको सम्पर्क डा. शेखर कोइरालामा जति छ अरु युवामा देखिँदैन । तर पनि नेता हुन वडा तहबाट आउनुपर्ने छनोट प्रक्रिया, क्रियाशील सदस्यताको हालत बारे चिन्ता छैन । केन्द्रीय सदस्य बन्न काँग्रसमा पार्टी सदस्यताकै परिधि पूरा नगरी महाविधेशन प्रतिनिधि बन्नुपर्छ । वडा, पालिका, प्रदेश, क्षेत्र हुँदै महाविधेशन प्रतिनिधि आउने प्रक्रिया मै काँग्रेस अलमलमा छ । यहाँ पनि गुट हेरिन्छ । जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा डनहरूको प्रवेशले राष्ट्रिय क्षति पु¥यायो । नेताका घर लुटिए, आगजनी भए । सत्तामा हुँदा दलगत रुपमै भएको पक्षपात गुटगत हेपाहा शैली पनि यो आन्दोलनको निशाना बन्यो । भ्रष्ट मन्त्री असक्षम पात्र परिवर्तन गर्न डा. शेखर कोइरालाले बारम्बार सुझाव दिए । तर सभपाति देउवाको दाउ विवादित भएर पनि श्रीमती डा. आरजु देउवा कानुनमन्त्री अजय चौरसिया, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दिपक खड्का, शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई हटाउन अग्रसर भएनन् । उनीहरूले काँग्रेसी इतिहास कालो बनाएका थिए । सरकार विरुद्धको आक्रोशमा एमालेका दामोदर भण्डारी उद्योगमन्त्री नवराज अधिकारी भूमिसुधार, पृथ्वी सुब्बा सञ्चारमन्त्रीसम्म चरम विवादमा थिए । ७८ लाख घुस काण्डले संघीय मामिला मन्त्रीको राजीनामा आयो राम्रो गर्दा गर्दै शिक्षामन्त्री हटाइयो । काँग्रेस संसदको ठूलो दल भए पनि आफ्नो ल्यागत प्रदर्शन गर्न नसक्नु सभपाति देउवाको कमजोरी थियो । देउवा आफू भन्दा श्रीमती डा. आरजुका कारण बदनाम थिए । भ्रष्टाचार काँग्रेसले लिएको प्रमुख गन्तव्य बनाउनु महामन्त्री गगन थापा समेत कम थिएनन् । व्यवसायी किसानको अनुदान किसानले पाएन । गगनले नक्कली बाख्रा फर्म र अस्थायी मासु पसल खोलेर करोडौं पचाएकै छन् । जेनजी पुस्ता पार्टीका बोलक्कडहरू गगन, विश्वप्रकाशप्रति पनि आक्रामक छन् । त्यो पुस्ताको नाममा छद्म भेषीबाट तीनका घर पनि जनाइएकै छन् ।
पार्टीलाई समय अनुकुल बनाई देश भ्रष्टाचार, बेथिति अन्त्य गर, कानुनी पारदर्शीता देखाउ, क्षमताको प्रतिस्पर्धा गर्न छोड, भेदभाव नगर, पक्षपाति नबन, लोकतन्त्रको मूल्य मान्यता स्वीकार गर भन्दा राज्य जसरी दमनमा उत्रियो त्यहाँ काँग्रेसका तिनै भ्रष्टहरूको बाहुल्यता देखियो । रमेश लेखक जस्ता लठैतले गृहमन्त्रालय मार्फत् जन दमनमा उत्रेर केपी ओलीको निरंकुशता जोगाउन प्रयास गर्दा २३ जना युवाले घटनास्थलमै ज्यान गुमाएका थिए । अझै पनि तिनले चेतेका छैनन् । सरकार सरकारको रुपमा नहुँदा मुलुक चुनावमा होमिएको हो । सडकबाट सरकार ढल्यो काँग्रेसी नेताहरू मात्र होइनन् एमाले, माओवादी, मधेशवादी नेताका घर छानीछानी खरानी भए । तर पनि नेताहरूले चेतेका छैनन् । कार्यकर्ताले पत्याएको नैतिक रुपमा विवादरहित नेतालाई सर्वसम्मत बनाएर गगन र विश्वप्रकाश मध्ये एक महामन्त्री एक उपसभापति पद लिएर कुहिएको काँग्रेस सुधार्न सकेको खण्डमा मात्र जनता र कार्यकर्ताको चित्त बुझ्छ ।
काँग्रेसले त्यो काम शुरु गर्दा त्यसको असर सत्ता, दम्ब र गुटगट योजनामा व्यस्त जीवनभर तानाशाही बन्ने चाहना राख्ने असफल एमाले अध्यक्ष केपी ओलीको घैटोेमा घाम लाग्न सक्छ । ओलीको तेस्रो कार्यकाल सर्वोच्च अदालतले खोस्यो, चौथो कार्यकाल युवा विद्रोहले खोसेको छ । शेरबहादुर देउवा प्रम हुँदा असक्षम घोषित भएर राजाबाट बर्खास्त भएका थिए । उनकै छैठौं पटक प्रम हुने सपना थियो । केपी ओलीको तानाशाही चरित्रले चकनाचुर बनायो । पार्टी नेतृत्वको समय एक वर्ष थपेर रजाई गर्ने दाउमा देउवा थिए । तर यस पटक आक्रोशित समूहको थप्पडले अस्पतालमै भर्ना हुन बाध्य बनाइँदा पार्टीको क्रियाशीलताबाट टाढा छन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल