Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा चुलियो विवाद, शेखर देउवा पक्षमा

काठमाडौं । विशेष महाधिवेशनको मुद्दालाई महामन्त्रीद्वयले चर्काएवपछि पार्टीभित्रको रडाको छताछुल्ल भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि कोइराला र सभापति शेरबहादुर देउवाबिच महाराजगञ्जमा आज दिउँसो २ घण्टा छलफल भएको थियो। लफलपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा नेता कोइराला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकबीच लामो छलफल भएको हो। कोइरालाले विशेष महाधिवेशनका नाममा केन्द्रीय समितिभन्दा बाहिरबाट कसैले भेला बोलायो भने त्यसले पार्टी विभाजन गर्ने तर्क गर्दै आएका छन्। कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्। कार्यविधि बनाएर खाली विशेष महाधिवेशन गर्ने भनेर कस्तो महाधिवेशन गर्न खोजेको भन्दै कोइरालाले महामन्त्रीद्वय थापा र शर्माको कदममाथि प्रश्न उठाए। महामन्त्री थापा र शर्माले आज विशेष महाधिवेशन आह्वानका लागि विज्ञप्ति जारी गर्ने पूर्वसूचना पाएपछि नेता कोइराला रिजाललाई साथमा लिएर देउवा पक्षसँग दिनभर छलफलमा व्यस्त भए। सभापति देउवाले नेताहरूलाई भोलि बिहान पनि छलफलमा बोलाएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई पुस २७ र २८ को भेलामा सहभागी हुन रोक्न नसके पार्टी विभाजन हुने नेताहरूको बुझाइ छ। महामन्त्रीको निर्देशनमा विशेष महाधिवेशन गर्न, पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेपछि महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको दिशा कोरेका छन्। गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। गत मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गते नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो। तर, निर्धारित समयमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वले विशेष महाधिवेशनका लागि कदम अगाडि बढाएको देखिन्छ। महामन्त्रीद्वय जिम्मेवारीबाट पन्छिएर नियमित महाधिवेशन नहुन नसकेको दोष आफूलाई बोकाउन खोजेको सभापति देउवाको आशय थियो। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि महामन्त्रीले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा नियमित महाधिवेशन हुने स्थिति नबनेको आरोप लगाए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल