Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कसको हातमा डाडुपन्यु रहन्छ भन्ने अर्थ राजनीतिमा रहन्छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण गर्ने हानथापले नेपाली कांग्रेसको महाधिवेशन मिति तोक्न सकस परेको नेताहरू बताउँछन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निर्धारित समयभन्दा २० महिनाअघि नै निर्वाचन हुने भएपछि त्यसको सोझो प्रभाव कांग्रेसभित्र देखा परेको उनीहरूको भनाइ छ। नियमित महाधिवेशन गर्ने कि प्रक्रिया सुरु गरेर चुनावलगत्तै गर्ने भन्ने विषयमा समझदारी नजुट्दा अन्योल कायमै छ। सभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनको उम्मेदवार नबने पनि प्रतिनिधि सभाको टिकट वितरण गर्न चाहन्छन्। तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायत नेता भने महाधिवेशन गरेर जानुपर्ने पक्षमा उभिएका छन्।
महामन्त्री थापाले पुस १६–१९ गतेका लागि नियमित महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन्। तर, संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले ०८३ वैशाख २५–२९ का लागि महाधिवेशनको प्रस्ताव गरेका छन्। यदि आफूले गरेको प्रस्तावमा सहमत नहुने हो भने विशेष महाधिवेशनतिर जानुपर्ने थापाले बताएका छन्। महामन्त्रीद्वयकै पहलमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्। तर संस्थापन पक्षले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ। वैशाखको महाधिवेशन तालिका ल्याउँदाल्याउँदै विशेषमा जान नहुने उनीहरूको अडान छ। नियमित र विशेष महाधिवेशनको विषयमा समझदारी नजुट्दा केन्द्रीय समितिको बैठकले ठोस निष्कर्ष निकाल्न सकेको छैन। केन्द्रीय सदस्य विनोद चौधरीले पनि यसको पुष्टि गरे। नेता शेखर कोइरालाले पनि चुनावअघि महाधिवेशन गरेर अघि बढ्नुपर्ने बताए। ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। संस्थापन समूहका नेता सहमहामन्त्री यादव भने चुनावअघि महाधिवेशन गर्नै नहुने बताउँछन्। उनले टिकट वितरण गर्ने अधिकार महामन्त्रीहरूलाई पनि भएको भन्दै उनले जित्ने उम्मेदवारलाई टिकट दिन उनले आग्रह गरे। नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालिरहेका विश्लेषक शंकर तिवारी कांग्रेसमा अहिले भइरहेको विवाद र लडाइँ टिकट वितरणको मात्रै नभएको बताउँछन्। उनले सभापतिको काम पार्टीलाई नीति र नयाँ नेतृत्व दिने पनि भएकोले महाधिवेशनअघि निर्वाचन कांग्रेसका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ। महामन्त्री थापा अहिले नियमित समयमा महाधिवेशन नहुने अवस्थाको आकलन गरी विशेषको तयारीमा लागेका छन्। महामन्त्री थापा आफूले प्रस्ताव गरेको पुस १६–१९ गते नियमित महाधिवेशनको तालिका पारित नभए विशेषको विकल्प नभएको भन्दै त्यसको तयारीमा लागेका हुन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल