Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले आज गठबन्धनको बिसयमा निर्णय गर्दै

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिन्छ । मोडालिटीबारे पछि टुंगो लाग्छ । उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।

सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहेपनि छलफल गठबन्धन केन्द्रित छ । प्रवक्ता महतले भने, ुसंसदीय समिति गठन गर्ने विषय बैठकको एजेण्डामा छ । आजै गठन हुने नहुने टुंगो छैन ।ु


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल