Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरी र सशस्त्रमा काँग्रेसी आक्रमण शुरु भएको छ । सशस्त्रमा भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवरको सक्रियताले कुलदेवी डा. आरजु देउवा दुवै गृहमन्त्री रमेश लेखकलाई यो गर्ने, त्यो नगर्ने निर्देशन जान थालेको छ । प्रहरीका आईजीपी बसन्त कुँवर, कुलदेवी जोडिएका नक्कली भुटानी प्रकरण र धनगढीको जग्गा प्रकरण छानविन गर्ने एआईजी श्याम ज्ञवाली डिआईजी डा. मनोज केसीमाथि निगरानी बढाइँदैछ । डिआईजी केसी अपराधबाट तालिम केन्द्रमा थन्क्याउनुले नै श्याम ज्ञवालीका सिआईबीमा हल्ली खल्ली मच्चिएकै छ । ज्ञवालीको बारेमा प्रहरीभित्र एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानविन समिति गठन भएको छ । उनले कमण्डलाई बाइपास गरी तत्कालिन गृहमन्त्रीसँग साँठगाँठ गरेको आरोप छ । काँग्रसको भगिनी संगठनका रूपमा रहेको प्रहरीलाई अपराध आफू गर्ने कानुनको घेराबाट उम्कने बाटो खुलाउने काम गराइँदैछ । स्वार्थका लागि गृहमन्त्री रमेश लेखक सजिलै उपयोगी हुने भएकाले गृहमन्त्री पाएका हुन् । रवि लामिछानेले आफ्नो अपराधका फाइल दबाउन एआईजी किरण बज्राचार्यको टिमलाई हटाए । डा. आरजुका अपराध छानविन गरेबापत एआईजी श्याम ज्ञवालीमाथि काँग्रेस खनिएको हो । सरकारले भन्दा काँग्रेसले बुढानिलकण्ठमा बसेर दिने आदेश मान्न प्रहरीका एआईजीहरू बाध्य छन् । काँग्रेसको दाउ अह्राएको काम गर्ने कोशी प्रदेशमा डिआईजी हुँदा ९ ट्रक सुपारी सशस्त्रले पक्राउ गर्दा समन्वय गरेर काँग्रेसकी कुलदेवीलाई सघाएबापत एआईजी सुदिप गिरीलाई सिआईबीमा लग्दा ठिक हुने निश्कर्ष निकालिएको छ ।
आदेशको काम गर्ने आफ्नो हैसियत र अधिकार प्रयोग नगर्ने एआईजी गिरी अहिले प्रदेश विभागबाट तालिम केन्द्र पठाइएको थियो । सुदूरपश्चिमकै एआईजी ओम जोशीलाई केही दिन थन्क्याएर बिदा गर्न गिरी उपयुक्त पात्र ठानिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुदूरपश्चिमको हवला दिने विभिन्न तहका छट्टु हाकिमहरूको दैनिकी बुढानिलकण्ठ र गृहमन्त्रालयमा हुने जमघटले यी दुवै शक्ति मार्फत् देश लुट्ने काम हुँदैछ भन्ने हुन्छ । प्रधानमन्त्रीले हस्तक्षेप गर्न मिलेन । नेकपा कालमा जस्तो क्यालकुलेटर थिचेर कहाँबाट कति आउँछ ? भन्दै त्यो हेर्न काँग्रेसले लिएका मन्त्रालयमा हस्तक्षेप गर्ने अवस्था भएन । किनकि यो लुटकै लागि बनेको गठबन्धन हो । अहिले प्रहरी एआईजीहरू दिपक थापा उपत्यका, श्याम ज्ञवाली सिआईबी, टेकप्रसाद राई प्रशासन, टेकबहादुर तामाङ अपराध, भीम ढकाल कार्य विभाग काम देखिने र देखाउन सक्ने ठाउँमा छन् । यिनैमध्येलाई आईजीपी कुँवरले अदलबदल गर्दा रवि लामिछानेको लुटको छानविन गर्दा अत्याचार सहेकी एआईजी किरण बज्राचार्यलाई काम देखिने ठाउँमा ल्याउन आईजीलाई नैतिक रूपमा दबाव पर्ने छ । गृहमन्त्री लेखक आएपछि सरुवा भएका अधिकृतहरू विवादरहित थिएनन् । उनीहरू पार्टीकै कार्यकर्ता भएको बताएर काँग्रेसले खटाएको काम गर्न हतारिएका अधिकृतहरू हुन् । प्रहरीलाई राजनीतिक गन्धमा फसाउने काँग्रेस र एमाले नै हुन् । पाल्पाली करुवा कुलदेवीलाई उपहार दिन सफल हाकिमले पनि कम देखाउन पाउनुपर्छ, जागिरको अवधि थोरै छ भन्दै बुढानिलकण्ठमा सन्देश पु¥याएका छन् । तर सुपका नाताले सशस्त्रमा जसरी एसएसपी कुँवरको टोली बनेको छ त्यस्तो प्रहरीमा छैन । एयरपोर्टका डिआईजी रामदत्त जोशीलाई एआईजी बनाएपछि उनको नेतृत्वमा सुपको खञ्चुवा टिम सशस्त्रमा जस्तै बन्ने छ । त्यो टिमले कुलदेवीमार्फत् गृहमन्त्री लेखकलाई दबाव दिलाएर काम लिने तयारीमा छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल